१४ असार २०८३, आईतवार
,
Latest
कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने



अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन अनुरोध गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ । साथै निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट आवश्यक अनुगमन गर्नका लागि अनुरोध पनि गरेको छ ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय विदितै छ । उक्त आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला पक्षहरूको दायित्व हो र सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको छ ।

निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांश को बुँदा नम्बर (४) मा “स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ” भन्ने व्यवस्था रहेको र सोही दफाको खण्ड (ख) ले त्यसरी निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने भन्ने व्यवस्था गरेको हुँदा कुनै पनि स्थानीय कार्यपालिकाका पदाधिकारीले यस व्यवस्थाको अधीनमा रही मात्र निर्वाचन प्रचारप्रसारमा सहभागी हुन सक्ने देखिन्छ ।

साथै, सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वत्वलाई मनन गर्दै आचारसंहिता विपरीत हुने कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गतिविधिमा संलग्न नहुन आयोग निर्देशन पनि दिएको छ । “कुनै स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता, २०८२ प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा ऐ. आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने ब्यहोरा अवगत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।  रासस