२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निर्वाचन सफल पार्न मिडियाको भूमिका महत्वपूर्ण’



????????, ?? ?????? ????????? ??????? ? ????????? ????????? ???????????? ???? ?????? ?????? ‘???????? ?????? ??????????’ ??????????? ?????????? ?????? ??????? ???????? ????÷????
अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न निर्वाचन सफल पार्न मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा फैलिएका र केही मिडियामा आचारसंहिता विपरीतका गलत, भ्रामक र मिथ्या सूचना सम्प्रेषण हुने गरेका र यसबाट जोगिएर नागरिकलाई सत्य सूचना प्रदान गर्ने मिडियाको प्रमुख दायित्व हुने बताउनुभयो ।

गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रमको समापन कार्यक्रममा सचिव बस्नेतले निर्वाचनको बेला भइरहेका आचारसंहिता उल्लङ्घनका घटना बाहिर ल्याएर सत्य सूचना प्रवाहमा मिडियाले जोड दिनुपर्ने सुझाव दिनुभयो ।

निर्वाचन जनताले आफ्नो शासकीय प्रतिनिधित्व छान्न पाउने संवैधानिक अधिकार भएकाले यसको भरपुर सदुपयोग गरेर मतदातालाई प्रोत्साहित गर्नुपर्ने उहाँको धारणा छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र सहसचिव राजेन्द्र केसीले निर्वाचनसम्बन्धी प्रशिक्षण दिनुभयो । आचारसंहिता पालना गर्न र गराउनु नै चुनौती भएकाले मतदान शिक्षामा सबैले जोड दिनुपर्ने तथा मतदाता शिक्षामा महिलाको सहभागिता अति आवश्यक रहेको उहाँहरुको भनाइ थियो ।

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले निर्वाचनको बेला मिडियाले दल र जनताबीच निष्पक्ष पुल जस्तै भूमिका निर्वाह गर्नुभपर्ने धारणा राख्नुभयो । रासस