२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित



अ+ अ-

गण्डकी। पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज छ हजार ६२२ विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी ढुङ्गेपाटनमा सम्पन्न समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित गराउनुभयो ।

दीक्षान्त समारोहमा छ दशक लामो राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुभव सँगाल्नुभएकी चाँदनी जोशी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो ।

दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधिबाट दुुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवं कुलपति कार्कीको अध्यक्षतामा बसेको २१औँ विश्वविद्यालय सभाको विशेष बैठकले उपाधिका लागि योग्य विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गरेको थियो ।

उक्त अवसरमा प्रधानमन्त्री कार्कीले विभिन्न विषयमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट सम्मानित गर्नुभएको थियो । उक्त अवसरमा शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी ‘डीन लिस्ट’ उपाधिबाट सम्मानित भएका थिए ।

विसं २०५४ मा स्थापित विश्वविद्यालयमा हाल ३७ हजार ५९३ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले देशभरका ६६ वटा महाविद्यालय (पाँच आङ्गिक, तीन संयुक्त आङ्गिक र ५८ सम्बन्धन प्राप्त) मार्फत ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । रासस