१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

विश्वव्यापी साइबर अपराधविरुद्ध रणनीति बनाउन इन्टरपोल बैठक

विश्वव्यापी साइबर अपराधविरुद्ध रणनीति बनाउन इन्टरपोल बैठक
अ अ+ अ-

हङकङ। इन्टरपोलको साइबर अपराध विज्ञ समूहको वार्षिक प्रत्यक्ष बैठक सोमबार हङकङमा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने यस बैठकमा ३० भन्दा बढी देश तथा क्षेत्रबाट आएका १२० भन्दा बढी कानून कार्यान्वयन निकायका अधिकारी, उद्योग क्षेत्रका विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

हङकङ प्रहरी बल र इन्टरपोलको संयुक्त आयोजनामा सम्पन्न बैठकको विषय ‘साइबर अपराधको औद्योगिकीकरणलाई अवरुद्ध गर्ने’ रहेको छ । बैठकले विश्वव्यापी रूपमा बढ्दो साइबर अपराधको चुनौतीलाई सामूहिक प्रयासमार्फत सामना गर्ने उद्देश्य राखेको छ ।

उद्घाटन समारोहमा बोल्दै हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रहरी आयुक्त चाउ यात–मिङले साइबर अपराध नियन्त्रणका लागि आधुनिक प्रविधिको विकास, सार्वजनिक–निजी साझेदारीको प्रवद्र्धन तथा विभिन्न सहकार्य प्लेटफर्ममार्फत सार्वजनिक सुरक्षा प्रणाली निर्माणमा हङकङ प्रहरी बल प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले साइबर अपराधविरुद्ध प्रभावकारी लडाइँका लागि सीमापार सहकार्य, बहु–क्षेत्रीय साझेदारी र निरन्तर क्षमतावृद्धि अत्यावश्यक रहेकोमा जोड दिनुभयो ।

यस बैठकले अन्तर्राष्ट्रिय प्रहरी निकाय, शैक्षिक संस्था र उद्योग क्षेत्रलाई एउटै मञ्चमा ल्याई अनुभव आदान–प्रदान, सूचना साझेदारी तथा समन्वित कारबाहीमार्फत साइबर अपराधविरुद्ध ठोस परिणाम हासिल गर्ने लक्ष्य लिएको छ ।

इन्टरपोलका साइबर अपराध निर्देशक निल जेटनले हङकङ अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको महत्वपूर्ण केन्द्रका रूपमा सक्रिय रहेको उल्लेख गर्दै बैठकले साइबर अपराध नियन्त्रणका लागि व्यावहारिक समाधान र सामूहिक कार्यलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा साइबर अपराध इकोसिस्टम, अनलाइन जबरजस्ती असुली, कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भर्चुअल सम्पत्ति ट्र्याकिङलगायत विषयमा विस्तृत छलफल भइरहेको छ । (रासस/सिन्ह्वा)