१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर



अ+ अ-

काठमाडौँ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद समाधानको उपयुक्त विधि मेलमिलाप भएको बताउनुभएको छ ।

उच्च अदालत बार एसोसिएसनले आयोजना गरेको ‘मेलमिलापसम्बन्धी आधारभूत तालिम’को आज समापन समारोहमा उहाँले दुवै पक्षको जीत हुने भएकाले विवाद समाधानमा मेलमिलाप उपयुक्त विधि भएको बताउनुभएको हो ।

“अदालतबाट विवादमा फैसला हुँदा न्याय पाउनुपर्ने पक्षले न्याय पाएपनि सम्बन्ध सुमधुर हुँदैन”, उहाँले भन्नुभयो, “मेलमिलापबाट विवाद समाधान भएमा दुवै पक्षबीच सम्बन्ध समधुर हुन्छ, जुन असाध्यै सन्तुष्टिको विषय पनि हो ।”

मेलमिलाप गर्दा मेलमिलापकर्ताको आचरण राम्रो हुनुपर्ने उल्लेख गर्दै मुख्य न्यायाधीश कुँवरले विवादका विषयमा मेलमिलाप गर्दा न्यायोचित हुन्छ कि हुँदैन भन्ने विषयमा गहन अध्ययनपछि निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

न्यायापालिकाको पाचौँ पञ्चवर्षीय रणनीतिक योजनामा मेलमिलाप हुनसक्ने प्रकृतिका मुद्दामध्ये ५० प्रतिशत मेलमिलापमा पठाउने तय गरिएको छ । मेलमिलापमा सर्वोच्च अदालतको सफलता दर २५ प्रतिशत छ भने उच्च अदालत र जिल्ला अदालतमा १६ प्रतिशत रहेको त्यस अवसरमा जानकारी दिइयो ।

उच्च अदालत बार एसोसिएसनका अध्यक्ष विदुरप्रसाद ढुङ्गानाले मेलमिलाप तालिमले विवादमा सफल मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न मात्रै नभइ बोल्ने र सुन्ने कलाका साथै निष्पक्षता कायम गर्ने कलासमेत विकास हुने बताउनुभयो । उहाँले मेलमिलाप विधिको उपयोग गर्दा विवादका दुवै पक्षको जीत हुने भएकाले यो प्रभावकारी माध्यम भएको धारणा राख्नुभयो ।

तालिमका संयोजक तथा उच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष भूपाल बस्नेतले न्याय भनेको सत्यको खोजी भएकाले दुवै पक्षलाई जीत सुनिश्चित माध्यम मेलमिलाप भएको उल्लेख गर्नुभयो । मेलमिलापकर्तामा थप सीप र ज्ञान विकासमा सहयोग पुग्ने अपेक्षासहित तालिम सञ्चालन गरिएको बताउनुभयो ।

यही मङ्सिर १४ गतेदेखि सञ्चालन भएको आठदिने आधारभूत तालिमको प्रमुख सतीश शर्मा रहनुभएको थियो भने मेलमिलापसम्बन्धी विषय विज्ञहरूले विविध विषयमा प्रशिक्षण दिनुभएको थियो । रासस