१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन



अ+ अ-

ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले आज ललितपुर महानगरपालिकाले निर्माण गरेको भूकम्प प्रतिरोधी नयाँ प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको प्रशासनिक कार्य सञ्चालन हुँदै आएको भवन अपर्याप्त भएकाले ५२ हजार पाँच सय वर्गफिटमा भूकम्प प्रतिरोधात्मक अध्याधुनिक भवन निर्माण गरिएको जानकारी गराउनुभयो ।

“महानगरभित्रका २२ वटा वडामा अपाङ्गमैत्री कार्यालय भवन निर्माण भइसकेका छन्, बाँकी वडा कार्यालय पनि अपाङ्गमैत्री र अत्याधुनिक बनाइने छ, ललितपुर महानगरलाई स्वच्छ, सफा र आकर्षक सहरका रुपमा विकास गर्दै बस्नयोग्य नगरको रुपमा विकास गर्नका लागि हामी क्रियाशील रहेका छौँ, शिक्षा, स्वास्थका साथै सामाजिक सुधारमा उल्लेख काम गरेका छौँ”, उहाँले भन्नुभयो । महानगरका अनुसार रु २३ करोड ३२ लाख ७५ हजार एक सय ३९ को लागतमा वन निर्माण गरेको हो ।

त्यस अवसरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो । रासस