२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन



अ+ अ-

ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले आज ललितपुर महानगरपालिकाले निर्माण गरेको भूकम्प प्रतिरोधी नयाँ प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको प्रशासनिक कार्य सञ्चालन हुँदै आएको भवन अपर्याप्त भएकाले ५२ हजार पाँच सय वर्गफिटमा भूकम्प प्रतिरोधात्मक अध्याधुनिक भवन निर्माण गरिएको जानकारी गराउनुभयो ।

“महानगरभित्रका २२ वटा वडामा अपाङ्गमैत्री कार्यालय भवन निर्माण भइसकेका छन्, बाँकी वडा कार्यालय पनि अपाङ्गमैत्री र अत्याधुनिक बनाइने छ, ललितपुर महानगरलाई स्वच्छ, सफा र आकर्षक सहरका रुपमा विकास गर्दै बस्नयोग्य नगरको रुपमा विकास गर्नका लागि हामी क्रियाशील रहेका छौँ, शिक्षा, स्वास्थका साथै सामाजिक सुधारमा उल्लेख काम गरेका छौँ”, उहाँले भन्नुभयो । महानगरका अनुसार रु २३ करोड ३२ लाख ७५ हजार एक सय ३९ को लागतमा वन निर्माण गरेको हो ।

त्यस अवसरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो । रासस