२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिईरहेको बताउनुभएको छ ।

शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पती शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिर समेत गर्नु भयो । उहाँले सम्पती सुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको समेत बताउनु भयो । अध्यक्ष ओलीले सरकारले राजदुत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीजी भन्नु हुन्छ–प्रमाण तयार गर्नुन, प्रमाण तयार । मैले थुप्रै ठाउँमा भनेको छु–प्रधानमन्त्रीजीले सम्पत्ति सुद्धिकरण विभागका प्रमुख कि के छ, बोलाएर ३ पटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस । गिरफ्तार गर्नु प¥यो भन्ने माग गर्नुस भनेर उहाँले अनेक दबाब दिनुभयो । त्यहाँका डाईरेक्टरले यस्तो झुटो कामहरु म गर्न सक्दिन , गैरकानूनी काम पनि गर्न सक्दिन, कानुनमा यस्तो छैन । र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिन । अव कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती डाईरेक्टरलाई त्यहाँबाट तुरुन्त हटाईयो । अर्को डाईरेक्टर ल्याइयो । प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने यो भन्दा दुखद स्थिति के हुन्छ ? उहाँहरु एक थोक काम गर्नुपर्ने अरुअरु गरिरहनुभएको छ । राजदुत फिर्ता बोलाउनु हुन्छ, अरु अरु काम गर्नुहुन्छ । अध्यादेश जारी गर्नु हुन्छ, जुन सरोकारको विषय होइन ।’ 

अध्यक्ष ओलीले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल