१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरुले आन्दोलन गर्न लागेको बताउनुभएको हो ।

उहाँले जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलियाको जस्तो र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताउनु भयो । राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने माग गर्नुभयो । जेन–जी हत्यारालाई पक्राउ गरेर कारावासको सजाय दिनुपर्ने माग समेत गर्नुभयो । जेन–जी युवाहरुले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब २३ गतेको आन्दोलनलाई मध्यनजर गरेर स्पष्टसँग छातीमा हात राखेर प्रदेश संरचना खारेज गर्ने मान्छे, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य मन पराउने मान्छे, यो देशमा राष्ट्रपति चाहिएन, संवैधानिक राजसंस्था चाहिन्छ, साइकल चढ्ने राजाको आवश्यकता छ । जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलियाको जस्तो र क्यानडाको जस्तो राजसंस्था चाहिन्छ । राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्छ । जेन–जी हत्यारालाई पक्राउ गरेर जेल हाल्नुपर्छ । २३ गते सबैलाई भनेका छौँ, आयोजक राप्रपा हो तर राप्रपाका मान्छे मात्रै हुँदैनौँ, राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुनुहोला । जेन–जी युवाहरुले सडकमा युद्ध जिते, सम्झौतामा युद्ध हारे ।’

उहाँले देशको संविधान, कानून र ऐनमा कतै न कतै खराब रहेको बताउनु भयो । राजा, जेन–जी र राजनीतिक दलहरुले त्रिपक्षिय सम्झौता गर्न आह्वान गर्नुभयो । माग पूरा नभए सडक आन्दोलन शुरु हुने चेतावनी दिनुभयो । २३ गतेको प्रदर्शनमा घर–घरबाट उपस्थित हुन आह्वान गर्नुभयो ।