१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्धः सञ्चारमन्त्री खरेल

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्धः सञ्चारमन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनमा आयोजित चलचित्रकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले समग्र चलचित्रको हितका लागि नीतिगत सुधार गरिने उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले चलचित्रमा देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने, नयाँ बहस सिर्जना गर्ने कथावस्तु हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सिनेमा समाजको ऐन पनि हो । देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने सिनेमाको ‘कन्टेन्ट’ र ‘स्कृष्ट’ बालियो, सन्देशमूलक, गुणस्तरीय र समाजले रुचाउने हुन जरुरी छ ।”

मन्त्री खरेलले सिनेमाको कथावस्तु, समय सुहाउँदो दर्शकमैत्री तथा कथावस्तुमा नवीनतम प्रयोग हुन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले देश र जनताको हित र चलचित्रको हितका लागि आफ्नो अवधिमा प्रभावकारी काम गर्ने विश्वास दिलाउनुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “देश, जनता र चलचित्रको हितमा हुने कुनै पनि कामको लागि मन्त्रालयकोतर्फबाट साथ सहयोग रहनेछ । मेरो कार्यकालमा चलचित्र क्षेत्रको हितमा कार्यक्रम र कार्ययोजन ल्याउनुस् मन्त्रीकोतर्फबाट कुनै पनि फाइल रोकिने छैन ।”

सञ्चारमन्त्री खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सही व्यक्ति ल्याउन निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो, “सेन्सर बोर्ड र विकास बोर्डसँग समन्वय गरी तत्काल ‘राइट म्यान इन राइट प्लेस’ ल्याउनुस् ।”

उहाँले चलचित्रकर्मीले उडाएका ड्रोन, अनुदान, सामाजिक सुरक्षालगायत विषयमा मन्त्रालयले छलफल गरेर सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले चलचित्रकर्मीले उठाएको सेन्सर, ड्रोन, विदेशी सिनेमा छायाङ्कनलगायत विषय अन्तरमन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशले चलचित्र क्षेत्रको दिगो विकासका लागि सरकारले सिनेमा हल नपुगेका जिल्ला वा सहरमा नयाँ हल निर्माणका लागि प्रोत्साहन गर्न आग्रह गर्नुभयो । उहाँले चलचित्र ऐन तथा विधेयक परिमार्जन, चलचित्र कल्याणकारी कोष र राष्ट्रिय स्टुडियो निर्माणमा सरकारी सहयोग र सेन्सर प्रणालीलाई सरल र पारदर्शी बनाइनुपर्नेमा जोड दिनुभयो ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले कर्णाली प्रदेशभरमा एउटा मात्र सिनेमा हल रहेको विषयलाई उठान गर्दै हलको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो । कलाकार दीपकराज गिरीले हरेक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा कलाकर्मीको विगतदेखि वर्तमानसम्मको योगदानको विषयलाई अतिरञ्जित बनाइन नहुनेमा जोड दिनुभयो । कलाकार केदार घिमिरेले जेनजी आन्दोलनपछि कलाकारले विभिन्न आरोप लगाइने गरेको भन्दै स्वतन्त्र कलाकारमाथि भइरहेको प्रहार बन्द हुनुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले प्रतिनिधि अधिकार ऐन कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । कलाकार जितु नेपाल, निर्देशकद्वय प्रदीप भट्टराई र सरोज पौडेल, नायक प्रदीप खड्काले सेन्सरलाई खुकुलो बनाउनुपर्नेमा जोड दिनुभयो । छायाङ्कार विष्णु कल्पितले ड्रोन चलाउन र विदेशी चलचित्र छायाङ्कनलाई सहज बनाइनुपर्ने औँल्याउनुभयो ।

नेपाली चलचित्र क्षेत्रका शीर्ष कलाकार, निर्देशक, निर्माता र सङ्घसंस्थाका प्रतिनिधिले सञ्चारमन्त्री खरेलसँग मन्त्रालयमा अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रियामा कलाकार केदार घिमिरे, दीपकराज गिरी, जितु नेपाल, प्रदीप खड्का, नीति शाह, रामकृष्ण ढकाल, शिव श्रेष्ठ, रविन्द्र खड्का, सुरेश अधिकारीलगायतका चर्चित कलाकारको उपस्थिति थियो । साथै निर्देशक दीपेन्द्र के खनाल, दिनेश राउत, जनक खड्का, पुष्कर लामा र नरेन्द्र महर्जन पनि सहभागी हुनुहुन्थयो ।