१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक
अ अ+ अ-

काठमाडौं। बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको सम्बन्धलाई समर्पित गरिएको नयाँ अफिसियल एन्थम भिडियो सार्वजनिक गरेको छ।

धरातलमा उभिएको, एकतामा बाँधिएको र भरोसाले भरिपूर्ण यो गीतले बिराटनगरको भावनालाई प्रतिनिधित्व गर्दछ। यसले खेलाडी र समर्थकलाई बिराटनगर किंग्सलाई साँच्चैको किंग्स बनाउने उत्साह, दृढता र पहिचानको भावनासँग एकाकार गर्दछ।

भिडियोमा बिराटनगर र त्यहाँका मानिसहरूको ऊर्जा, उत्साह र समर्पणको भावनालाई रंगीन दृश्यहरू मार्फत प्रस्तुत गरिएको छ जसले गर्दा एन्थम जीवन्त बनेको छ। साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका समर्थकहरू उत्साहले भरिएका देखिन्छन् जो आफ्नो टिमको पक्षमा चियर गर्दै खुशी मनाउँदै छन्।

शहरको ऊर्जा र समर्थकहरूको जोश गीतको शक्तिशाली र जीवन्त सुरसँग मेल खाएको छ जसले गौरव, जोश र एकताको भावनालाई प्रतिबिम्बित गर्दछ।

गीतको हुक लाइन “लगा लगा लगा” क्रिकेटमा प्रयोग हुने “शट लगा” भन्ने चलनचल्तीको बोलीबाट आएको हो, जसको अर्थ “शट हान” भन्ने हुन्छ। यो खेलाडीलाई उत्साह भर्ने बोली हो जसले अगाडि बढ, हिम्मत गर र मौकाको सदुपयोग गर भन्ने अर्थ दिन्छ। यो टिमको हिम्मत नहार्ने भावना र दृढ संकल्पको प्रतीक हो। यो विजय हासिल गर्ने सोच हो र कोरसले पनि त्यही विजयको उत्सव मनाएको छ।

गीतमा रहेको “लेट्स गो किंग्स” र “आयो पूर्वेली शिकारी ” ले पूर्वको निर्भीक पहिचानलाई झल्काउँछ, जो आफ्नो जराप्रति गर्व गर्छन्, लक्ष्यमा अडिग रहन्छन् र सधैं जितको यात्रामा अघि बढ्छन्। संगीतको ताल पनि आत्मविश्वासले भरिएको छ, ठ्याक्कै त्यस्तै ऊर्जा खेलाडीमा पनि रहेको छ जो केवल जर्सी मात्र होइन, आफ्नो प्रदेशको गौरव पहिरिएर मैदानमा उत्रिन्छन्।

यस एन्थमको लन्चसँगै, किंग्सले आफ्नो सन्देश स्पष्टसँग दिएको छ, कि हामी तयार  छौं, आत्मविश्वासी छौं र अब हाम्रो जीतलाई कसैले रोक्न सक्दैन। पूर्वको गर्जन सुरु भइसकेको छ किनकि क्रिकेटको मैदानमा शासन गर्न किंग्स आइसकेको छ।