१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ। नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ ।

निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मङ्गलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

शपथ ग्रहणपछि अध्यक्ष राईले निगम सञ्चालक समितिको कार्यालयमा कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेनजी आन्दोलनको चाहना अनुसार निगममा देखिने गरी सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले हाल ए३२० जहाजमा प्रयोग हुँदै आएको भाडाको एउटा इञ्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्दै मर्मतका लागि इजरायल पठाइएको निगमको इञ्जिन जडान १५ दिनभित्र टुङ्ग््याउन निर्देशनुभयो ।

उहाँले बेलाबेलामा मिडियामा र जनमानसमा उठ्दै आएको ‘विजनेस क्लास’को टिकटलाई ‘अपग्रेड’ गर्ने प्रवृत्ति तत्काल बन्द गर्न, यात्रु ‘व्यागेज’ नीतिमा समयानुकूल परिमार्जन गर्न र यात्रु व्यागेज टुटफुट सम्बन्धमा आएको जनगुनासो यथाशीघ्र सम्बोधन गर्न पनि निर्देशन दिनुभयो ।

अध्यक्ष राईले प्रश्न उठेका करार तथा ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीको नियुक्ति नियमसङ्गत बदर गर्नसमेत निर्देशन दिनुभयो । उहाँले निगमको व्यवस्थापकीय कार्यमा आफ्नो कुनै हस्तक्षेप नरहने स्पष्ट पार्नुभयो ।

नवनियुक्त अध्यक्ष राईले कार्यभार सम्हालेसँगै उहाँलाई स्वागत गर्दै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित विभागीय प्रमुखहरुले आ–आफ्नो विभागबाट भइरहेका कामका बारेमा जानकारी गराउनु भएको थियो ।

निमित्त महाप्रबन्धक कालाखेतीले मङ्गलबार नै निगमको कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको छ । झण्डै दुई दशकदेखि निगमका विभिन्न जिम्मेवारीमा रहनुभएका घिमिरेले संस्थाको सूचना तथा सन्देश नागरिकका बीचमा पु-याउन, संस्थाको छवि सकारात्मक बनाउन र सञ्चार माध्यमहरुसँग समन्वय गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।रासस