१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल सुधारगृहबाट फरार १७ जना पक्राउ



अ+ अ-

भक्तपुर। यहाँको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।

भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा बाल सुधारगृहको गेट फोडेर फरार भएका एक सय ६५ बन्दी नफिर्किएकाले आफूहरू पनि जान पाउनुपर्ने माग गर्दै सुधारगृहबाटै विद्रोह गरेर गेट फुटाएर २० बालबन्दी आइतबार दिउँसो फरार भएका थिए ।

फरार भएकामध्ये आइतबार र आज गरी १७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । बाँकी तीन जनाको पनि खोजीकार्य जारी भइरहको उहाँले बताउनुभयो ।

बाल सुधारगृहमा प्रहरी प्रवेश गर्न नपाउने, आन्तरिक सुरक्षाको व्यवस्था प्रहरीसँग नरहेकाले बन्दीहरूबीच झडप हुने, फरार हुने क्रम यसअघि पनि हुने गरेको थियो । बन्दीहरू फरार भएको खबर आएपछि मात्रै प्रहरीले सुधारगृह बाहिर उनीहरूको खोजीकार्य सुरु गरेको प्रहरी नायब उपरीक्षक ढुङ्गानाले बताउनुभयो । रासस