१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए

कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए
अ अ+ अ-

सुदूरपश्चिम। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले गत असोज १० गतेदेखि आजसम्म एक हजार ८४४ नयाँ मतदाता थपिएको जानकारी दिनुभयो । यही असोज १० गतेदेखि कार्यालयले मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।

उहाँले भन्नुभयो, “दैनिक एक सयदेखि १२० जनासम्मले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराइरहेका छन्, नाम समावेश गराउनेमध्ये झण्डै ६५ प्रतिशत किशोर एवं युवा छन् ।”

यस अवधिमा ३३० मतदाताले ठाउँ सारीका लागि निवेदन दिएको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा पछिल्लो निर्वाचनमा क्षेत्र नं १, २ र ३ बाट नागरिक उन्मुक्ति पार्टीका र क्षेत्र नं ४ र ५ बाट नेपाली कांग्रेसका प्रत्यासी विजयी हुनुभएको थियो ।

उक्त निर्वाचनमा जिल्लाभरि पाँच लाख ३४ हजार ८६४ मतदाता थिए । सरकारले अध्यादेशमार्फत मतदाता नामावली ऐन संशोधन गरेपछि मतदाता नामावली सङ्कलन सुरु गरिएको हो । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन अवधि तोकिएको छ ।रासस