१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

पत्रकार लामिछानेको ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

पत्रकार लामिछानेको ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण
अ अ+ अ-

काठमाडौं। पत्रकार तथा लेखक  फणिन्द्र लामिछानेद्वारा लिखित ‘गाउँ आएको मोटरबाटो’ उपन्यासको लोकार्पण गरिएको छ ।

पुस्तक लोकापर्णमा मणि लोहनीले स्थानीय पुर्नजागरणको कथामा देशमै गर्न सकिने सम्भावनाहरुलाई पुस्तकले उजागर गरेको बताए।

थाहा छैन लेखकले देखेको सम्भावनाहरू पूरा हुन्छ कि हुँदैन, नेपाली समाज कार्यान्वयनमा त्यति सहज छैन । तर यो पुस्तकले ति सम्भावनाहरुलाई बोलेको छ । मलाई यो किताब किन मन परेको छ भने अहिले जहाँ गएपनि नेपाललाई गाली गर्ने, यो देशमा केही भएन भन्ने, निरासा व्यक्त गर्ने मान्छेको भीड व्याप्त छ ।

हरेक दिन मान्छे विदेश गइरहेको छन् । यस्तो बेलामा देशभित्रै केही छ , देशमै केही गर्नुपर्छ, र गर्न सकिन्छ भन्ने जुन किसिमको सम्भाबनामाथि लेखकले विश्वास गर्नुभएको छ यो किताबमा यो चाहिँ पढ्न पाइन्छ ।

गाउँ आएको मोटरबाटोले गाउँ फर्कनुपर्छ भन्ने आभास दिलाउने नेपाल सरकार अधिकृत जीवन आलेले बनाए । लेखकलाई मैले अत्यन्तै उत्साही, सहासी, अरूकोभन्दा अलि भिन्न सोच राख्ने, अलि पृथक दृष्टिकोण राख्ने व्यक्तिको रुपमा चिन्छु । उहाले उठाइरहने गरेको कर रहित अर्थतन्त्रको कुरा गर्नुपर्दा अहिले स्टन्ट को लागि सस्तो लोकप्रियताको लागि करारहित भनिरहेका छौं तर करविना अर्थतन्त्र चलाएमान हुन सक्छ कि सक्दैन, भन्न त सजिलो होला तर कसरी गर्ने भन्न सक्छौं कि सक्दैनौं भन्ने कुरा हो । मैले यही विषय मा २/४ घण्टा उहाँसँग बसेर कुरा गर्दा उहाको पृथक दृतिकोणले म झल्याँस्स भए । उहाको दृष्टिकोणले हामीले सोच्न सकेका रहेनछौ ।

पुस्तकको कुरा गर्दा चाहिँ हामीले सिङ्गो नेपाललाई नै गाउँ भन्नुपर्ने बेला छ । नेपाल फर्कनुपर्ने, सहरमा रहनुपर्ने, सहरमा भन्दा पनि गाउँमै रहनुपर्ने यो खालको एउटा समय आएको छ । विदेशमा गएर पढेर फेरी आफ्नै देश, आफ्नै गाउँ आउनुपर्ने भन्ने एउटा सकारात्मक सन्देश यो उपन्यास मार्फत दिन खाेजेकाे छ ।

कार्यक्रममा अन्य अतिथिहरुले समेत शुभकामना सन्देश दिएका थिए । ई.दिपक कुमार साहले परिवर्तनलाई आत्मसाथ गर्ने यो पुस्तकले केहि महत्वपूर्ण भुमिका खेल्ने बताए ।

स्थानीय स्तरमा पुर्नजागरणको कथा बोकेको उपन्यासले युवाहरुलाई गाउँ फर्किएर विकासमा लाग्न प्रेरित गर्न खोजेको लेखकले बताएका छन् ।

पुस्तान्तरण नै रोकिएका गाउँहरुमा पुर्नजागरण सहित विकास र समृद्धिको कुरालाई आत्मसाथ गर्न पुस्तकले प्रेरित गरेको छ ।

यस पुस्तक विक्रिबाट प्राप्त हुने आम्दानी ग्रामणि क्षेत्रमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान दिने उदेश्यले प्राविधिक कलेज स्थापनामा खर्च गरिने आयोजक चक्रपाणी लामिछाने प्रतिष्ठानले बताएको छ । पुस्तक लोकार्पण होटल होलिडे रिजेन्शीमा आयोजना गरिएको थियो ।