१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

अनलाइन भन्सार डाटाबेस प्रणाली शुभारम्भ

अनलाइन भन्सार डाटाबेस प्रणाली शुभारम्भ
अ अ+ अ-

काठमाडौँ। वीरगञ्ज भन्सार कार्यालयबाट आज ‘अनलाइन भन्सार डाटाबेस प्रणाली’ (कस्टम्स भ्यालुएसन डाटाबेस सिस्टम) शुभारम्भ गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरी अनलाइन भन्सार डाटाबेस प्रणालीको आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ‘डिजिटल’ माध्यमबाट शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा अर्थमन्त्री खनालले यो प्रणाली शुभारम्भपछि अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यसका अतिरिक्त अन्तरराष्ट्रिय व्यापारमा विश्व व्यापार सङ्गठनद्वारा अनुमोदित ‘ग्याट भेलुयसन प्रणाली’लाई नेपालको भन्सार ऐन, नियममा समेत स्विकारिएको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिनेगरी सोको परीक्षणका लागि अनलाइन कस्टम डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

अर्थमन्त्री खनालले भन्नुभयो,“यस प्रणालीको कार्यान्वयनले वैध व्यापारलाई प्रोत्साहन, मूल्यअभिवृद्धि करलगायत अन्य कर कार्यान्वयनमा सहायता पुग्ने छ । साथै अनौपचारिक कारोबारमा कमी आउने र उद्योग व्यवसाय फस्टाउने अपेक्षा राखेका छौँ ।”

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवाल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली, एसियाली विकास बैङ्कका भन्सार मूल्याङ्कन विज्ञ निर्मलहरि अधिकारी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमलगायतको सहभागिता थियो । रासस