२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाबिहानै ‘लकडाउन’ उल्लघंन गर्ने सयौ जना पक्राउ



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको ‘लकडाउन’को उल्लघंन गर्ने सयौ जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले आइतबार बिहानै ५५ महिला र १५५ जना पुरुषलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले शनिबार दिनभर उपत्यकामा ‘लकडाउन’ उल्लघंन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरीले आजबाट ‘लकडाउन’को उल्लघंन गर्नेलाई नयाँ तरिकाले नियन्त्रणमा राख्ने बताएका छन्।

प्रहरीले अब ‘लकडाउन’ उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने बताए।