२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन



अ+ अ-

कैलाली। कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक अर्ब ७९ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि असोजसम्ममा सो परिमाणमा राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार भन्सार महसुलतर्फ रु ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ रु ६८ करोड ९८ लाख, अन्तःशुल्कतर्फ रु पाँच करोड तीन लाख र अन्यतर्फ रु ३५ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन ।

साउनमा रु ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख र असोजमा रु ७६ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

तीन महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको १८ दशमलव ४६ प्रतिशत हो । आर्थिक वर्ष २०८१÷८२ मा पनि राजस्व लक्ष्यअनुसार सङ्कलन भएको थिएन ।

गत आर्थिक वर्षमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो ।रासस