२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिमका कैदीबन्दीलाई पुस्तक र खेल सामग्री वितरण



अ+ अ-

रुकुम पश्चिम। ठारौँँ पुस्तकालय दिवसका अवसरमा जिल्ला कारागार रुकुम पश्चिमका कैदीबन्दीलाई पुस्तक तथा खेल सामग्री वितरण गरिएको छ ।

जनविकास पुस्तकालय र पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ रुकुम पश्चिमले संयुक्तरुपमा आज उहाँहरुलाई रु ५० हजार बराबरको उक्त सामग्री वितरण गरिएको हो ।

जनविकास पुस्तकालयका सहसचिव ओमबहादुर केसीका अनुसार उपन्यास, निबन्ध, कविता, गजल सङ्ग्रहसहितका पुस्तक तथा कापी वितरण गरिएको हो ।

कैदी बन्दीलाई सृजनशील बनाउन पुस्तक उपलब्ध गराइएको उनले बताए। प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, कर्णाली प्रदेशका पूर्वसचिव भरतकुमार शर्मा, जनविकास पुस्तकालयका कार्यवाहक अध्यक्ष नारायणप्रसाद शर्मा, पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घका जिल्ला अध्यक्ष कर्ण ओलीलगायतले पुस्तक तथा खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।