२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती र शिशुलाइ फ्लुका लक्षणबाट कसरी बचाउने ? पढ्नुहाेस् भारतीय डाक्टरकाे राय



अ+ अ-

गर्भावस्था कुनै पनि परिवार या भावी माता-पिताका लागि ठूलाे खुशीकाे कुरा हुन्छ, भनाैं नयाँ जिन्दगीकाे शुरुआत हुन्छ । तर याे समय जब विश्वभर कोरोनाभाइरसकाे खतरा मडारिइरहेकाे अवस्थामा तपाइँले के बुझ्नु जरूरी हुन्छ भने बच्चालाइ कसरी सुरक्षित राख्ने । यस समय डाक्टरकाे अपाेइन्टमेन्ट लिनेदेखि मेडिकल टेस्टसम्मकाे निर्णय लिन कठिन भइरहेकाे हुन्छ । जुन महिला आमा बन्न लागेकी हुन्छिन्, उनले बच्चाकाे स्वास्थ्यकाे देखभाल निकै ध्यानपूर्वक गर्नु पर्दछ । यसमा राम्राे खानादेखि दबाइ, पेरेन्टल वर्कआउट, रीडिंग आदि सबै समावेश हुन्छ । यससँगै गर्भावस्था हुनुभन्दा अघि लिइने खाेप, त्यसपछि नियमित रूपमा लगाइने खाेपहरू, बच्चाका लागि खाेप, आमालाइ फेरि लगाउनु पर्ने खाेप जस्ता सबै विषयमा विशेष ध्यान दिइनु अति जरूरी हुन्छ ।

खाेपकाे दरमा कमी

गर्भावस्थाकाे क्रममा खाेप लगाउने कुरा गर्दा भारतमा यसलाइ लिएर विभिन्न प्रवृत्ति देख्न सकिन्छ । यस श्रेणीमा सबैभन्दा पहिलाे समस्या खाेप कम स्थानमा उपलब्ध हुने गरेकाे छ । यसका साथै गर्भवती महिलाकाे सुरक्षा र खाेपलाइ लिएर ज्यादै कम जागरुकता देखिएकाे छ । गर्भवती महिलाहरू, खासगरी भारतमा, सबैभन्दा महत्वपूर्ण खाेपमध्ये एक – इन्फ्लुएंजा खाेपलाइ प्रायः बेवास्ता गर्छन् । यस खाेपलाइ अमेरिकामा रोग नियन्त्रण तथा रोकथाम केंद्र अमेरिकी प्रसूति तथा स्त्रीरोग विशषज्ञद्वारा अनिवार्य बताएका छन् ।

गर्भवती महिलामा फ्लू

NBT

याे कुरा सबैलाइ थाहा भएकै हाे कि गर्भवती महिलामा अरू महिलाकाे तुलनामा मौसमी बीमारी, फ्लू, ज्वराे आदि चाँडाे लाग्ने खतरा रहिरहन्छ । यससँगै गर्भावस्थाका समयमा स्त्रीमा हुने मनोवैज्ञानिक परिवर्तनका कारण जाेखिम अरू बढ्छ । गर्भवती महिलामा इम्यून सिस्टम (प्रतिराेधी क्षमता) सिर्फ उनका लागि मात्र नभइ गर्भमा रहेकाे बच्चाकाे स्वास्थ्यका लागि पनि जरूरी हुन्छ । बच्चा छ महिनाकाे नहुँदासम्म याे जरूरी भइरहन्छ । बच्चा जन्मिएपछि पनि बच्चाले आमाकाे दूधबाट पाेषण पाइरहेकाे हुन्छ । यसबाट बच्चाकाे इम्युनिटी बढ्छ ।

इन्फ्लुएन्जाकाे जोखिम
फ्लू लाग्दा गर्भावस्थामा जटिलताका जाेखिमहरू अरू बढ्दै जान्छन् । कैयाैं अध्ययनले के देखाएका छन् भने इन्फ्लुएन्जा भएमा यसले आमाकाे स्वास्थ्यमा प्रतिकूल असर पारेकाे हुन्छ । यसमा समयभन्दा अगावै जन्म, जन्मकाे समयमा कम वजन तथा सिजेरियन डिलीभरीकाे अवस्था सिर्जना हुन सक्छ । हेराैं न, सन् २००९-१० मा H1N1 इन्फ्लुएन्जा महामारीकाे समयमा अधिकतर गर्भवती महिलाहरू या त अस्पतालमा भर्ना भएका थिए वा सघन उपचार कक्षमा राखेर उपचार गर्नु परेकाे थियाे । यी महिलामा मृत्युकाे जाेखिम अन्य वयस्ककाे भन्दा बढी थियाे । छ महिनाभन्दा कम उमेरका बच्चालाइ पनि इन्फ्लुएन्जासँग सम्बन्धित शिकायतमा अस्पताल भर्ना गर्नु परेकाे थियाे ।

खाेपले कसरी गर्छ मद्दत ? 

गर्भवती महिला र बच्चा दुबैलाइ गम्भीर बीमारीबाट बचाउन अहिले पनि इन्फ्लुएन्जा खाेप सबैभन्दा उत्तम खाेप हाे । बिरामी हुनबाट जाेगाउन बच्चाहरू धेरै हदसम्म आमासँग निर्भर हुन्छन् । सन् १९६० मा पहिलाेपटक गर्भवती महिलालाइ इन्फ्लएन्जा खाेप दिनु उपयुक्त हुने सुझाइएकाे थियाे । इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा निकै अध्ययन भएकाे छ र याे पूर्ण रूपमा सुरक्षित छ । खाेप सल्लाहकार समिति (ACIP) तथा WHO ले पनि गर्भका सबै चरणमा इन्फ्लुएन्जाकाे भ्याक्सिन दिनु सुरक्षित रहेकाे बताइसकेकाे छ । भारतकाे प्रसूति तथा स्त्री रोग सम्बन्धी संघ (FOGSI) ले पनि गर्भावस्थाकाे समयमा इन्फ्लुएन्जा भ्याक्सिनकाे सिफारिश गरिसकेकाे छ । के देखिएकाे छ भने जाे महिलाले इन्फ्लुएन्जा भ्याक्सिन लगाएका छन् उनीहरूमा समयभन्दा पहिलाे जन्म तथा  जन्मकाे समयमा माथि भनिएका जटिल समस्यामा कमी देखिएकाे छ ।

यही कारण अधिकतर विशेषज्ञ गर्भवस्थाकाे शुरुआती चरणमै इन्फ्लुएन्जा भ्याक्सिन लगाउन सल्लाह दिन्छन् । भारतमा फ्लूकाे मौसम प्रदेशपिच्छे फरक हुन्छ । यसकारण सीजनका बारेमा ध्यान दिएर गर्भवती महिलालाइ चिकित्सककाे सल्लाहमा भ्याक्सिन लगाउनु बुद्धिमानी हुन्छ । यदि तपाइँकाे भर्खरै बच्चा जन्मिएकाे छ तर इन्फ्लुएन्जाकाे भ्याक्सिन लगाएकाे छैन भने अझै पनि भ्याक्सिन लगाउनुहाेस् । यसबाट तपाइँ र तपाइँकाे बच्चालाइ धेरै मद्दत पुग्नेछ । आमाकाे दूधकाे माध्यमबाट तपाइँकाे बच्चा पनि सुरक्षित हुन सक्दछ । स्वस्थ र सुरक्षित गर्भधारण त्यतिबेला मात्र सम्भव हुन्छ जब तपाइँ सही समयमा उपयुक्त राय लिएर काम गर्नुहुन्छ ।

 

(भारतीय स्वास्थ्य विषयमा तयार पारिएकाे याे लेख स्त्रीराेग विशेषज्ञ डा मिनाक्षी आहूजा, एमडी, FICOG ले लेख्नुभएकाे हाे । नेपालमा पनि याे सान्दर्भिक हुने ठानेर द टाइम्स अफ इन्डियाबाट साभार गरी प्रकाशन गरिएकाे हाे ।)