२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६/७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १४ वर्ष चार महिना चार दिन कैद र रु तीन लाख छ हजार ८०२ जरिवाना असुल उपर गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै जघन्य अपराधतर्फ कर्तव्य ज्यानका तीन, जबरजस्ती करणीका ११ व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ । 

मुलुकी अपराध सहिंता, २०७४ बमोजिम अनुसन्धान अधिकारीले धरौटी लिई छाड्न सक्ने कानूनको कार्यान्वयन गर्दै लागुऔषध, हातहतियार तथा खरखजाना र झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिने अभियोगमा पक्राउ परेका चार वटा मुद्दाको पाँच व्यक्तिबाट धरौटी लिई प्रहरी कार्यालयमा खातामा जम्मा गराई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।

साथै अवैध चोरी निकासीमा संलग्न ७२ वटा सवारी साधनलाई कानूनी दायरामा ल्याई सम्बन्धित निकायमा दाखिला गरी रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । प्रहरीले यस अवधिमा २२२ थान मुद्दा फछ्र्यौट गरेको छ । जेठ मसान्तसम्म ३६५ थान मुद्दा दर्ता भएकामा २२२ मुद्दा फछ्र्यौट भएको छ भने १४३ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।