२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले शीतल निवास बोलाइन् पूर्वप्रधानमन्त्री र दलका प्रमुख नेतालाई



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाक्नुभएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीतल निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।  

‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीन चार महिना नै भेट भएको थिएन ’’, उहाँले भन्नुभयाे,  ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’’