२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी असार मसान्तमा आइपुग्छ : मन्त्री मगर



अ+ अ-

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताउनुभएको छ ।  

प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ १ प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताउनुभयो । अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘असारसम्म भौतिक काम सम्पन्न हुन्छ । राष्ट्रियसभा, प्रतिनिधिसभामा प्रतिवद्धता जनाइसकेका छौँ । र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ । असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडी बढ्छ ।’’

समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीदलसम्म पानी खसाल्नुले मात्रै आयोजना पुरा नहुने भएकाले काठमाडौंबासीको घरघरमा पानी पु¥याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिनुभयो । त्यहाँका स्थानीयबासीहरुको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्चि सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाडौंमा आइपुग्छ भन्दै प्रश्न गरेका थिए । सांसद बहादुर सिंह लामाले सिएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

सांसद गणेश पहाडीले सिएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भूक्तानीका विषयमा के भइरहेको छ भन्दै प्रश्न गर्नुभयो ।

सांसद रंगमती शाहीले अहिलेसम्म जनताले मेलम्चिको पानी किन खान पाएनन भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘दशैमा पानी आउँछ भनेर मन्त्री ज्यू जोशिनुहुन्छ । जोश इच्छाशक्ति ठूलै देखिन्छ । पावर पनि ठूलै देखिन्छ तर जनताले पानी खान किन पाएनन् ।’

मेलम्चि आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ । अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ । रक डबेल जडान ग्राउण्डिङ, इन्र्भट कंक्रिट हाइड्रो मेकानिकल गेट जडान सम्पन्न भएको आयोजनाले जनाएको छ ।