६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ: अध्यक्ष दाहाल



अ+ अ-

अमरगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले डडेल्धुरामा पर्याप्त सम्भावना रहेको औँल्याउँदै यहाँबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिनुभयो । “डडेल्धुरा सम्भावनायुक्त जिल्ला हो, यहाँ विकासमा ध्यान दिन सकियो भने विकासको नमूना बन्न सक्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । ‘पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सञ्चालन ग¥याँै, अब पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछौँ”, उहाँले भन्नुभयो ।

पहिलो चरणको जागरण अभियान झापाबाट सुरु गरी दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।