२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन सकेन- धनराज गुरुङ



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विनियोजित बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको बताउनुभएको छ ।

कांग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विनियोजित बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन नसकेको बताउनुभयो ।

स्याङ्जाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री गुरुङले स्याङ्जाका सडकलाई जोखिममुक्त बनाउने अभियानमा आफू लागेको बताउनुभयो । उहाँले सिद्धार्थ राजमार्गको स्तरोन्नतिदेखि भित्री सडक जोखिममुक्त बनाउने अभियानमा आफू लागेको उल्लेख गर्नुभयो ।

उपसभापति गुरुङले विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर समाज, जिल्ला र समग्र मुलुकको विकास सम्भव हुने धारणा राख्नुभयो । एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने भन्दै उहाँले आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो । रासस