२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गण्डकी प्रदेश लोक साहित्य र संस्कृतिको उर्वरभूमि’



अ+ अ-

कास्की। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश लोक साहित्य, संस्कृति र लोक नृत्यको उर्वरभूमि रहेको बताउनुभएको छ । उहाँले समाज रुपान्तरणका लागि गीत सङ्गीत शक्तिशाली रहेको बताउनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरा सभागृहमा आज वरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपानेको साङ्गीतिक साँझको शुभारम्भ गर्दै उहाँले नेपालको लोक साहित्यमा गण्डकी प्रदेश र यहाँका कलाकारको योगदानलाई सदैव जीवित राख्नुपर्नेमा जोड दिनुभयो ।

“गण्डकी प्रदेशले नेपालको लोक साहित्य र सङ्गीतका क्षेत्रमा गरेको योगदानको सन्देश सधैँ दिनुपर्छ । गण्डकी लोक साहित्य र नृत्यको उर्वरभूमि हो, यो अहिले पनि जीवित छ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

गीत गाउने, नाच्ने तथा रमाउनेजस्ता स्वतन्त्रता लोकतन्त्र र गणतन्त्रका कारण सम्भव भएको बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा मात्र स्वतन्त्रताको उपभोग सम्भव रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वतन्त्रताबिना नेपाली समाज समृद्ध बन्न सक्दैन । मानिस गीत–सङ्गीतले खुसी हुन्छ । गीत–सङ्गीतको अधिकार लोकतन्त्रको कारण सम्भव भएको हो ।”

लोकदोहोरी गायक तथा सर्जक न्यौपानेका ‘सरर पानीघट्टामा’, ‘ऐना हेरेर’, ‘रुन्छ नि मन किन रुँदैन’जस्ता दर्जनौँ गीत चर्चित छन् । साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसङ्गीतमा रहनुभएका न्यौपानेका हजार बढी गीत रेकर्डेड छन् ।रासस