१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल, नेपाल, खनाल र श्रेष्ठले आज पनि सञ्चारकर्मीहरुसँग छलफल गर्दै



अ+ अ-

काठमाडौं । नेकपा भित्रको अन्तरकलह र शक्ति संर्घष उत्कर्षमा पुगिरहेको समयमा आज शुक्रबार पनि चार नेताहरुले सञ्चारकर्मीसँग छलफल गर्ने भएका छन् । दिउँसो ४ बजे नक्सालको होटल मेरियटमा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग छलफल गर्न लागेका हुन् ।

केही दिन अघि भएको यस्तै छलफलमा अध्यक्ष दाहालले कुनै पनि पार्टी विभाजन हुन सक्ने भन्दै मानसिक रुपमा तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाइ निर्देशन दिइएकाे थियो भने अन्य नेताहरुले पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी हिसाबले अघि बढेको भन्दै ओली नसच्चिए  पार्टी गम्भिर अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।

चार नेताले सञ्चारकर्मीसँग गरेको छलफल र व्यक्त भएका अभिव्यक्तिलाई लिएर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गम्भिर आपत्ति जनाउँदै यसबारेमा छलफल गर्न बिहीबार अध्यक्ष दाहाललाई भेट्न दलका उपनेता सुवास नेवाङ्गलाई खुमलटार पठाएका थिए ।