१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका तीन सिडिओ कार्यालयले अत्यावश्यक बाहेकका सेवा रोक्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँसहितका उपत्यकाका तीन ओटा जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु १५ दिनसम्मका लागि रोक्ने निर्णय गरेका छन् ।  काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले सो निर्णय गरेको हो । 

उक्त बैठकले उपत्यकाका तीन ओटै जिल्लामा कोरोना महामारीको संकट बढ्दै गएकोले त्यसको नियन्त्रण र रोकथामका लागि सो निर्णय गरेको जनाइएको छ । अत्यावश्यक बाहेकका ती कार्यालयबाट दिने सेवाहरु रोकिने भएको हो । 
आजको सो बठकका अनुसार अन्य सरकारी कार्यालयहरुका हकमा भने सम्बन्धित कार्यालयका प्रमुखले निर्णय गरे बमोजिमको हुने निर्णय गरेको छ । साथै आजको बैठकले कुनै ठाउँमा कारोना देखिएमा त्यसलाई सिल गरिने पनि जनाइएको छ ।