१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न करेन्ट लागेर एकजनाको मृत्यु सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते भक्तपुरको पिकनिक स्थलनजिक एक व्यक्ति मृत भेटिए, हत्याको आशंका व्हाट्सएपमा नयाँ फिचर: एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा पूर्वराजा शाहद्वारा मनकामना मन्दिरमा पूजाअर्चना आईपीएल ‘डबल हेडर’को पहिलो खेलमा हैदरावाद र राजस्थान खेल्दै, यस्तो छ हेड-टु-हेड पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छः उर्जामन्त्री खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते



अ+ अ-

म्याग्दी। यहाँको धवलागिरि गाउँपालिका–२ लुलाङमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहनुभएका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

तीन घाइतेको लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ । ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस