८ भाद्र २०८३, सोमबार
,
Latest
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान दिन सुरु



अ+ अ-

काठमाडौँ। जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आँकलन सकिएका वडाबाट लाभग्राहीलाई स्थायी आवास पुनःनिर्माण अनुदान दिन सुरू गरिएको छ ।

क्षति आँकलन सकिएका लाभग्राहीलाई पहिलो किस्ता वितरण शुभारम्भ गरिएको गृहमन्त्रालयले जनाएको छ । विस्तृत क्षति आँकलनको कार्यसम्पन्न भएको रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका–२ बाट अनुदान वितरण सुरु गरिएको हो ।

चौरजहारी नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले गरेको सिफारिसअनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम)ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको गृहमन्त्रालयको विपद् प्रधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार पुनःनिर्माण लाभग्राही कायम भएका १० घरपरिवारमध्ये आज चौरजहारी नगरपालिका–२ स्थित विष्णुप्रसाद गौतम र शसिला रावतसँग वडा नं २ का वडाध्यक्ष वीरबहादुर रानाले अनुदान सम्झौता गर्नुभयो ।

अनुदान सम्झौतासँगै दुवै लाभग्राही परिवारलाई रु ५० हजारका दरले पहिलो किस्ता भुक्तानीसमेत भएको जनाइएको छ । विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ अनुसार लाभग्राहीले अनुदान रकम बैंक खातामार्फत् प्राप्त गर्नेछन् । रासस