२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट ७७ लाख बढीको क्षति



अ+ अ-

खोटाङ। यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको आगलागीबाट रु ७७ लाख बढीको क्षति भएको छ ।

यही चैत ३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट सुरु भएको डढेलो गाउँ पस्दा १० वटा घर, बालकन्या आधारभूत विद्यालय र दुईवटा खानेपानी आयोजनामा क्षति पु-याएको थियो ।

आगलागीबाट अदम राईको दुई वटा फुसको छाना भएको घर तथा घरमा भएका सम्पूर्ण सामग्री, गाईको गोठ तथा गोठमा बाँधिएका एउटा गाईको बाच्छी र तीन वटा बाख्रा जलेर नष्ट भएको थियो । राईको रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोही डढेलोले स्थानीय सम्बरबहादुर राईको रु सात लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । नगेन्द्र राईको रु १२ लाख,  पविन्द्रकुमार राईको रु नौ लाख, हिराधन राईको रु नौ लाख, कृष्णबहादुर राईको रु सात लाख, चयनकुमार राईको रु सात लाख बराबरको क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।

डिकुवाको विभिन्न गाउँमा फैलिएको डढेलोले स्थानीय टङ्कबहादुर राईको फुसको छाना भएको घर जल्दा रु पाँच लाख तथा स्थानीय रनबहादुर राईको घरमा आंशिक क्षति हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ । स्थानीय छोटा राईको चरनका लागि जङ्गलमा छाडिएको छ वटा बाख्रा र चार वटा खसी जलेर मर्दा रु एक लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीमा स्थानीय नाईखोला मुहान भएको बाल्चुङ–बाघखोर खानेपानी आयोजनाको ३२ मिलिलिटरको एक हजार २०० र २५ मिलिलिटरको ९०० मिटर पोलेथिन पाइप जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको जनाइएको छ । बाल्चुङ, बाघखोर र च्यानटारका ३२ घरधुरी उपभोक्ताले उपभोग गर्दै आएको खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएपछि खानेपानी अभाव भएको छ ।

सोही ठाउँको मैतञ्जु–थुम्की खानेपानी आयोजनाको ३२ मिलिलिटरको दुई हजार १०० मिटर लामो पोलेथिन पाइप जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको छ ।

आगलागीपीडितलाई जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र रेडक्रसले राहत सामग्री उपलब्ध गराएका छन् । आगलागीका घटनाबाट बिचल्लीमा परेका डिकुवावासीका लागि तत्काल राहत तथा पुनःस्थापनामा ध्यान दिन प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले आज संसद्मा विशेष समय लिएर सरकारको ध्यानाकार्षणसमेत गराउनुभएको छ ।  रासस