२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन



अ+ अ-

काठमाडौँ। संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । लस एन्जलसमा यही फेब्रुअरी २२ र २३ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो’ नेपाल पर्यटन बोर्डको नेतृत्वमा चार कम्पनीले सहभागिता जनाएका हुन् ।

मेलामा नेपाल ट्रेक एडभेन्चर एण्ड एक्स्पीडिसन प्रालि, ओझा होलिडे टुर एण्ड ट्रेक्स प्रालि, फ्रेण्ड्स एडभेन्चर टिम प्रालि र नेपाल सेन्चुरी ट्रेक्स प्रालिले सहभागिता जनाएका हुन् । उक्त पर्यटन मेलामा नेपालले १५ वर्षपछि सहभागिता जनाएको हो ।

नेपालको मनमोहक परिदृश्य, समृद्ध संस्कृति र रोमाञ्चकारी साहसिक पर्यटनबारेमा मेलामा जानकारी गराइएको मेलामा सहभागी ट्रेक एडभेन्चर एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक एवम् ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का पूर्वमहासचिव विनोद सापकोटाले जानकारी दिए ।

सन् २०२४ मा नेपाल घुम्न आएका जम्मा पर्यटकमध्ये १० प्रतिशत अर्थात् एक लाख १२ हजार पर्यटक अमेरिकाको रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये भारतपछि अमेरिका दोस्रो नम्बरमा पर्छ ।

मेलामा नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य राजेन्द्र लामा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, पर्यटन व्यवसायी रमेश ओझा, नवीन पोखरेल, कुन्दन मिश्रलगायतको सहभागिता रहेको छ । त्यसै गरी क्यालिफोर्नियाका लागि नेपालका अवैतनिक वाणिज्य दूत ऋषिप्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।

दुई दिनसम्म सञ्चालित उक्त मेलामा नेपालसहित ब्राजिल, जापान, इण्डोनेसिया, भियतनाम, ताइवान, कोरियालगायतका देशका करिब एक सय बढी स्टलहरू राखिएका थिए । रासस