१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छः अध्यक्ष ढकाल

विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छः अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताउनुभएको छ ।

शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउन भएको हो । उहाँले सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावका आधारमा नीतिहरु बनाउन नसक्दा अर्थतन्त्रले अहिले चुनौती भोग्नुपरेको बताउनु भयो ।

उहाँले त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने राज्यले सोचेको दाबी गर्नुभयो । निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समयमा नीतिहरु बनेको भए अहिलेको समस्या भोग्नु नपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र खुम्चिएर गएको भन्दै राज्यको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता थुप्रिएको बताउनु भयो । उहाँले अहिले व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारको नीतिको कारण अफ्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरुलाई सहजिकरण गर्ने नीति नबनेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावहरु सरकारले सुनेन । त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने सोचियो । त्यो दृष्टिकोणले हेरेर निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समय नीतिहरु बन्न सकेन । त्यसले मुलुकको अर्थतन्त्र खुम्चिएर गयो । बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता छ । तर व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था छैन । हरेक दिन पत्रिकामा व्यवसायीहरु कालोसूचीमा पर्ने गरेका छन् । सरकारको नीतिको कारण अफ्ठ्यारा छन् । सरकारले अहिले भइरहेको अर्थतन्त्रको प्रणाली नबिग्रने गरी नितिहरुमा सहजिकरण गर्नसक्यो भने मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सकिन्छ । अन्यथा हजारौं मानिसहरुलाई रोजगारी दिने उद्योग प्रतिष्ठानहरु बैंकको ऋणबाट बाहिर निस्कने गरी राज्यको नीतिमा सहजिकरण गर्नुपर्छ ।’

उहाँले पर्यटन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातारण नभएको बताउनु भयो । उहाँले सानो आयोजना बनाउनको लागि राज्यको वनदेखि लिएर जग्गाका नीतिको कारण सहज अवस्था नभएको बताउनु भयो ।