१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा

बीमा साक्षरता अभियानलाई तिब्र बनाउन आवश्यकः उपप्रधानमन्त्री पौडेल

बीमा साक्षरता अभियानलाई तिब्र बनाउन आवश्यकः उपप्रधानमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा साक्षरता अभियानलाई तिब्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्याउन बीमा साक्षरता अभियानलाई तिब्र बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बीमाको पहुँच बिस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गर्नुभयो । उहाँले जोखिम न्युनिकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशिल रहेको बताउनु भयो । उपप्रधानमन्त्री पौडेलले स्वास्थ्य बीमा, लघु बीमा, कृषि बीमा, सहुसलयतपूर्ण कर्जाको बीमा बिस्तार नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र शिघ्र दाबी भुक्तानी प्रणालीको तिब्र बिस्तार, बीमा जालसाझी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताउनु भयो । उहाँले बीमकहरुको जोखिम न्युनिकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्ने, बीमा क्षेत्रको नियमन सबल, प्रभावकारी र व्यवसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बीमाको संस्थागत क्षमता वृद्धि गर्ने, बीमकको लगानी गरेको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि वतावरण तयार गर्ने जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पु¥याउन बीमा साक्षरता अभियानलाई तिब्र बनाउनु आवश्यक छ । सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बीमाको पहुँच बिस्तार र सेवाको प्रभावकारिता बढाउन चाहन्छ । जोखिम न्युनिकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा निरन्तर क्रियाशिल हुन चाहन्छ । बीमालाई सामाजिक सुरक्षासँग आवद्ध गर्नेगरी नीतिगत प्रवन्ध गरिनुको पनि तात्पर्य यही हो भन्नेकुरा म यहाँहरुसँग राख्न चाहन्छु । स्वास्थ्य बीमा, लघु बीमा, कृषि बीमा, सहुसलयतपूर्ण कर्जाको बीमा बिस्तार नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र शिघ्र दाबी भुक्तानी प्रणालीको तिब्र बिस्तार, बीमा जालसाझी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको छ । बीमकहरुको जोखिम न्युनिकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण प्रणालीलाई लागू गर्ने, बीमा क्षेत्रको नियमनलाई सबल, प्रभावकारी र व्यवसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बीमाको संस्थागत क्षमता वृद्धि गर्ने, बीमकको लगानी गरेको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि वतावरण तयार गर्ने जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको छ । बीमा सम्बन्धमा अवलम्वन गरिएका अन्तर्राष्ट्रिय अभ्यासहरुलाई अनुशरण गरी आर्थिक, प्राकृतिक, सामाजिक एवं अन्य कारणबाट उत्पन्न हुने जोखिमलाई बीमाको दायरामा ल्याइ वित्तीय जोखिम न्युनिकरण गर्ने सन्दर्भमा यो छलफल फलदायी हुनेछ ।’

अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको प्रवद्र्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताउनु भयो । उहाँले सबै कार्यक्रममा मन्त्रीलाई बोलाउनुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किन आग्रह गर्नुभयो ।