१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण

सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण
अ अ+ अ-

बागमती । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ । स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृति बढ्दै गएको जनाउँदै गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो ।

‘‘आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा बनाउने प्रवृति स्थानीयमा बढ्दै गएको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भन्नुभयो,‘‘त्यही भएर त्यसविरुद्ध गाउँपालिकाले अभियान चलाउने तयारी गरेको छ ।”

कार्यपालिकाको बैठकले अभियानकोस्वरुप बारे निर्णय लिने उहाँको भनाइ छ । गत असोज ११ र १२ गतेको बाढीपहिरोले सार्वजनिक जग्गामा निर्माण भएका संरचना बनाएको थियो । अहिले ती स्थानमा स्थानीयले पुनः घर टहरा लगायतका संरचना बनाउन थालेपछि गाउँपालिकाले त्यसलाई निरुत्साहित गर्ने नीति लिएको छ ।

गाउँपालिकाको फाखेल, सिस्नेरीलगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्ेको छ । केही दिनअघि गाउँपालिका कार्यालयले सूचना जारी गरी सार्वजनिक जग्गा अतिक्रमण नगर्न र त्यस्ता स्थानमा घर टहरा लगायतका संरचना निर्माण नगर्न आग्रह गरेको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिए कानुन बमोजिम कारबाहीसमेत अघि बढाइने सूचनामा उल्लेख छ । रासस