१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

विराट कोहलीले अस्ट्रेलियाविरुद्ध १००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै, कस्तो छ उनको प्रदर्शन ?

विराट कोहलीले अस्ट्रेलियाविरुद्ध १००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै, कस्तो छ उनको प्रदर्शन ?
अ अ+ अ-

एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा विराट कोहलीले इतिहास रच्ने भएका छन् । यो खेलसँगै उनी अष्ट्रेलियाविरुद्ध १०० अन्तर्राष्ट्रिय खेल खेल्ने दोस्रो खेलाडी बन्नेछन् । सचिन तेन्दुलकरले अस्ट्रेलियाविरुद्ध ११० खेल खेलेका छन् ।

विराटले अस्ट्रेलियाविरुद्ध ९९ खेलमा १७ शतक प्रहार गरेका थिए जसमध्ये उनी ९ पटक प्लेयर अफ द म्याच भएका छन् । विराटले अष्ट्रेलियाका ७ मध्ये ६ सहरमा शतक प्रहार गरेका छन् भने ब्रिस्बेन मात्र एक मात्र सहर हो जहाँ उनले शतक बनाउन सकेनन् ।

अस्ट्रेलिया विरुद्ध ५००० माथि रन
विराटले अष्ट्रेलियाविरुद्ध २७ टेस्ट, ४९ एकदिवसीय र २३ टी–२० खेलेका छन् । जसमा उनले ५० भन्दा बढीको औसतमा ५३२६ रन बनाए । उनको नाम १७ शतक र २७ अर्धशतक रहेको छ । विशेष कुरा यो छ कि विराटले अस्ट्रेलियाविरुद्ध १७ शतकमध्ये १० शतक उसकै घरेलु मैदानमा बनाएका छन् ।

विराटको उपस्थितिमा भारतले अष्ट्रेलियालाई १० टेस्ट, २१ एकदिवसीय र १५ टी–२० मा पराजित गरेको थियो । विराट जहिले पनि तीनवटै ढाँचामा प्लेइङ–११ को हिस्सा थिए ।

विराटले २०१८ मा अष्ट्रेलियाको भूमीमा इतिहास रचेका थिए, जब उनले आफ्नो कप्तानीमा भारतलाई टेस्ट सिरिज २–१ ले जिताएका थिए । क्रिकेट इतिहासमा पहिलो पटक भारतले घरेलु मैदानमा अष्ट्रेलियालाई टेष्ट सिरिजमा पराजित गरेको हो ।

विराटले आफ्नो करियरका अधिकांश खेल अष्ट्रेलियाविरुद्ध मात्र खेलेका छन् । उनले न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र इङ्ल्यान्डविरुद्ध ५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । अस्ट्रेलियापछि उनले श्रीलंकाविरुद्ध १५ र वेस्ट इन्डिजविरुद्ध १२ शतक प्रहार गरेका छन् । इंग्ल्याण्डविरुद्धको ८५ खेलमा उनको नाममा ८ शतक छ ।