२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिल अर्डरमा राम्रो हुन सकेन– दिनेश खरेल



अ+ अ-

काठमाडौँ । पोखरा एभेन्जर्सका ब्याटर दिनेश खरेलले मिडल अर्डरमा राम्रो हुन नसक्दा १७० रनको लक्ष्य राखे पनि सफल हुन नसकेको बताएका छन् ।

कर्णाली याक्ससँग पराजित भएपछि पोखराका ब्याटर दिनेशले राम्रा शुरुवातका बाबजुद मिडल अर्डरमा पाथ पाउन नसक्दा योजना गरिएको लक्ष्य पूरा नभएको बताएका हुन् ।

आन्द्रियस गौस र आफूले राम्रो दिलाए पनि त्यसलाई निरन्तरता दिन नसकिएको उनले उल्लेख गरे । ससानो पक्षमा ध्यान दिएर खेल्ने हो आगामी खेलमा जित सम्भव रहेको उनी बताउँछन् ।

न्युजिल्याण्डमा क्रिकेट खेल्दै आएका दिनेशले त्यहाँका नेपाली अग्रज क्रिकेटरहरूकै आग्रहमा एनपिएल खेल्न आएको बताए ।

उनले आफ्नो लागि नेपालको पिचमा खेल्न सहज नभएको बताउँछन् । अवसर पाउँदा नेपालबाट खेल्ने चाहना रहेको दिनेश बताउँछन् । उनले केही दिन अगाडि नै नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईसँग कुराकारी भएको खुलसा गरे । साथै उनले नेपाली क्रिकेटमा धेरै क्षमतवान खेलाडी रहेको बताएका छन् ।

 




भर्खरै