१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ एसिया कपका लागि टोली घोषणा



अ+ अ-

काठमाडौँ । एसिसी महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको हो ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।

महिला यु–१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ ।

गत कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो ।