२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई पर्सा प्रहरीले महिला हिरासतमा राख्ने



अ+ अ-

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन प्रकरणमा बयानका लागि पोखराबाट वीरगञ्ज लगिँदैछ ।

उनलाई पोखराबाट काठमाडौं हुँदै हवाइ मार्गबाट सिमरा लगेर वीरगञ्ज पुर्‍याइने छ । वीरगञ्जको आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थासम्बन्धी मुद्दामा प्रहरीले लामिछानेसँग बयान लिनेछ ।

जिल्ला प्रहरी कार्यालय पर्साले रविसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिए अनुसन्धान थालिरहेको छ ।

सोही प्रकरणमा बयान लिन प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई स्थलमार्गबाट आइतबार नै वीरगन्ज पुर्याइसकेको छ ।

व्यवस्थित हिरासत कक्ष नभएका कारण पर्सा प्रहरीले केही व्यवस्थापन गरेर छविलाल जोशी र रामबहादुर खनाललाई जिप्रकाको महिला हिरासतमा राखेको छ । रविलाई पनि सोही कक्षमा राखिने प्रहरीको भनइ छ ।

जिप्रका पछाडि अधिकृत आवास जाने बाटोसँगै रहेको महिला सेलको छेउमा महिला हिरासत रहेको र महिला कैदी नहुँदा खाली हुने भएकाले त्यसैमा रंगरोगन गरेर उनीहरूलाई राखिने प्रहरीले जनाएको छ ।

जिप्रका पर्साले यसअघि भीआइपी थुनुवालाई नारायणी मेडिकल कलेजको अतिथि गृहमा राख्दै आएको थियो ।