१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत होः अर्थमन्त्री पौडेल

प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत होः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताउनुभएको छ ।

आईतवार कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताउनु भयो । उहाँले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायक समेत नभएको उल्लेख गर्नुभयो ।

उहाँले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानु बाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको उल्लेख गर्नुभयो । उहाँले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६,२०१८ र २०२४ मा गर्नुभएको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गर्नुभयो । उहाँले भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालिन विकास सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ प्रधानमन्त्री र मेरोबीचमा दूरी बढेको भन्ने समाचारहरु प्रतिक्रिया दिन लायक होइनन् । यो विषयमा सच्याई सानो अंश पनि छैन । दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो । गलत समाचारले कसैलाई पनि फाइदा गर्दैन । प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको छ । सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धीपूर्ण भएका छन् । भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको छ । नेपालको दीर्घकालिन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण छ ।’

सञ्चारकर्मीहरुले गरेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धित प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढिरहेको बताउनु भयो । उहाँले सरोकारवालाहरुसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको बताउनु भयो । उहाँले पछिल्लो चार महिनामा सरकारले केही उल्लेख्य कामहरु गरेको दाबी गर्नुभयो । उहाँले नीतिगत रुपमा रहेका अन्योल र दुविधालाई धेरै हदसम्म स्पष्ट गरेको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएको पनि बताउनु भयो । उहाँले गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि रहेकोमा यो वर्ष चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी सरकारमा आउँदा विगतका केही बाँझहरु थिए । अर्थतन्त्रमा समस्याका चाङ थिए । ती समस्यालाई एक–एक गरी पन्छाउँदै सरकार अगाडि बढिरहेको छ । पहिला समस्या के हुन् र समाधान के हुन्छ भनेर छलफल गरौं । सरोकारवालाहरुसँग समन्वय र सुझावसहित छलफल गरौं । सरकार बनेपछि केही उल्लेख्य कामहरु भएका छन् । नीतिगत रुपमा रहेका अन्योल र दुविधालाई धेरै हदसम्म स्पष्ट गरेका छौं । सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको छ । बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएका छौं । तरलता सहजताको अवस्थामा छ ।

मूल्यवृद्धिलाई सीमाभित्रै राख्न सकेका छौं ।राजश्व वृद्धिका कुरा गर्दा पनि गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि थियो । चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको छ । क्रमस उत्पादन,उत्पादकत्व वृद्धि,रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेका छौं । अहिले पनि अर्थतन्त्रमा सरकारले देखेको समस्या बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र राजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्छ भन्ने विषय सोचिरहेका छौं । उत्पादन र निजी क्षेत्रको मनोवल बढाई अर्थतन्त्रलाई गतिशिल बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको छ ।’

उहाँले सरकार उत्पादन,उत्पादकत्व वृद्धि,रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेको बताउनु भयो । उहाँले बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र राजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले उत्पादन र निजी क्षेत्रको मनोवल बढाई अर्थतन्त्रलाई गतिशिल बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको उल्लेख गर्नुभयो ।