२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी चुनाव: डोनाल्ड ट्रम्प र जो बाइडेनबीच चुनावी रस्साकसी



अ+ अ-

न्युयोर्क । ४५ औं राष्ट्रपति cअन्तिम चरणमा पुगेको छ । झन्डै २३ करोड मतदाता रहेको महाशक्ति अमेरिकामा चुनावी प्रतिस्पर्धा र नतिजाका लागि निर्णायक मानिने झन्डै एक दर्जन राज्यहरूमा केन्द्रित छ । करोडौं डलरको विज्ञापनदेखि चुनावी अभियान यिनै राज्यमा केन्द्रित छ । उदार र अनुदारबीचको यो निर्वाचनलाई अमेरिकी इतिहासमै निकै पृथक् मानिएको छ । अमेरिकामा मात्र नभएर संसारकै अत्यधिक चासो अडिएको छ । पृथक् हुनुमा यो निर्वाचनसँग विविध आयामहरू जोडिएका छन् । कोरोना भाइरस र झन्डै अढाई लाख अमेरिकीको मृत्यु यो चुनावको जल्दोबल्दो एजेन्डा हो । विश्वको ठूलो अर्थतन्त्रमा लाखौंको बेरोजगारी एवं ठप्प अर्थतन्त्र अर्को महत्त्वपूर्ण विषय हो । चर्को एवं स्पष्ट विभाजित अमेरिकी राजनीतिमा यस पटक दशकौंपछि नश्लवादले खुलेआम प्रवेश पाएको छ । अमेरिकी नश्लवादको डरलाग्दो वकालत एवं चुनावी नतिजाबारे सम्भावित न्यायालय प्रवेशको विषयले पनि यो निर्वाचनलाई फरक बनाएको छ । राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरणको विषयमा दिएको अभिव्यक्तिले पनि देखाउँछ, यो पृथक् चुनाव हो । उम्मेदवारबीच चरम ध्रुवीकरण छ । एउटा उम्मेदवार अतिवाद निर्देशित, अर्को मध्यममार्गी । यही पृथकता एवं चासोलाई चुनावी दिन अघि नै उर्लिएको करोडौं संख्याको मतदानले पुष्टि गर्छ ।

दस करोडभन्दा बढी अमेरिकीले चुनावी दिन अघि नै मतदान गरेका छन्, जुन अघिल्लो निर्वाचनमा खसेको मतको दुई तिहाइ मत हो । यसै आधारमा पनि यो निर्वाचनमा कीर्तिमानी मत खस्ने आकलन छ । विश्वकै शक्तिशाली प्रजातन्त्रका रूपमा प्रचारित अमेरिकामा मतदानको इतिहास त्यस्तो उत्साहित पार्ने खालको भने छैन । औसतमा अमेरिकी राष्ट्रपति निर्वाचनमा ५० देखि ६० प्रतिशत मत खस्छ । जुन विकासोन्मुख देशहरूको तुलनामा कम हो । तथ्यांकहरूमा १९ औं शताब्दीको तुलनामा बीसौं शताब्दीमा मतदाताको सक्रियता घट्दै गएको देखिन्छ । २१ औं शताब्दीमा पहिलो अश्वेत बाराक ओबामालाई निर्वाचित गर्ने क्रममा मतदाताहरूको उत्साह उल्लेखनीय थियो । मतदानबारे अमेरिकी विगतको एउटा स्पष्ट चित्र छ, आन्तरिक झमेलाको समयमा मतदानमा उल्लेखनीय वृद्धि हुन्छ । अश्वेतहरूलाई मतदान प्रक्रियामा ल्याएको समय अर्थात् गृहयुद्धपछिको अमेरिकामा ९सन १८७० ताका० कीर्तिमानी मतदान भएको थियो ।

यसपटकको उर्लंदो ‘अर्ली भोटिङ’ ले निर्वाचनलाई ऐतिहासिक बनाएको छ । स्पष्ट छ, यो निर्वाचन धेरै हदसम्म विभाजनको चपेटामा छ । ट्रम्प र उनको अनुदार रिपब्लिकन पार्टीले नश्लवादको एजेन्डालाई उठान गरेको छ । उनीहरूको भाषामा ‘यो देश श्वेत देश हो ।’ ट्रम्पले प्रायः आफूलाई अब्राहम लिंकनको उत्तराधिकारीको रूपमा प्रचार गर्छन् । आफ्नो कार्यकालमा भएका हरेक क्रियाकलापलाई लिंकनसँग जोड्ने ट्रम्पको आधार विभाजित राजनीति हो । स्मरण रहोस्, लिंकनको पालाको रिपब्लिकन पार्टी, अश्वेतहरूको हक–अधिकारको पक्षमा उभिएको थियो तर कालान्तरमा यो पार्टीको आधार श्वेत अमेरिका हुन पुग्यो ।

पछिल्ला अमेरिकी निर्वाचनलाई नियाल्ने हो भने अनुदारवादी उम्मेदवारले प्रायःजसो ६० देखि ६५ प्रतिशत श्वेत मत हासिल गर्छ । ट्रम्पको स्पष्ट रणनीति छ, श्वेतलाई रिझाएर जित्ने । त्यसैले उनी, मूलधारका मिडिया, राजनीतिक विश्लेषक एवं प्रदर्शनकारीलाई ‘फेक’ भन्छन् । अल्पसंख्यकलाई निसाना साध्छन् । आफ्नो पक्षमा अमेरिकी गुमनाम मतदाता रहेको तर्क गर्ने ट्रम्प धेरै हदसम्म रिचर्ड निक्सनबाट प्रभावित छन् । सन् १९६९ ताका, भियतनाम युद्धको विरोधमा लाखौं अमेरिकीहरू सडकमा उर्लेपछि निक्सन भन्थे, ‘हामी यो लडाईं जित्ने छौं । जनताको दुश्मन मिडियाले उचालेका यी आन्दोलनलाई मत्थर पार्न, मलाई मेरो गुमनाम मतदाताको समर्थन र सहयोग चाहियो ।’ उनको स्पष्ट संकेत, ग्रामीण श्वेत मतदातालाई थियो ।

तर सन् १९७० र अहिलेको धेरै बदलाब छ । अल्पसंख्यकको जनसंख्यामा उल्लेखनीय बढावा भएको छ भने ट्रम्पको दाबीविपरीत अश्वेत एवं अल्पसंख्यकको हक अधिकार एवं सुरक्षासम्बन्धी प्रदर्शनमा अधिकांश अमेरिकीको सर्मथन रहेको सर्वेक्षणले देखाउँछ । विश्लेषकहरूको भनाइमा मिनियापोलिसमा प्रहरीको ज्यादतीले मारिएका जर्ज फ्लोयडको विरोधमा अमेरिकामा भएको प्रदर्शन सन् १९६० को सिलिभ राइट्स मुभमेन्ट र भियतनाम युद्धताकाको प्रदर्शनपछिको ठूलो हो । यो निर्वाचनले प्रदर्शनकारीको त्यो एजेन्डा बोकेको छ, अमेरिका श्वेत मात्रको देश हो कि सबैको रु

यो निर्वाचनको मुख्य एजेन्डा भने कोभिडको मार नै हो । ट्रम्प प्रशासनको लापरबाही र ठूलो मानवीय क्षतिको पृष्ठभूमिमा यो विषय ब्यालेटमा छ । विज्ञानको उपलब्धि एवं अनुसन्धानलाई चुनौती दिँदै आएको अमेरिकी राजनीतिबारे यो निर्वाचनले छिनोफानो गर्नेछ । ‘पहिलो अमेरिका’ भन्ने ट्रम्प नीतिकै कारण अन्तर्राष्ट्रिय क्षेत्रमा अमेरिकी नेतृत्वको ओझेललाई पनि यो निर्वाचनले स्पष्ट पार्नेछ । यद्यपि युद्धखाले परिस्थितिबाहेक घरेलु एजेन्डाको तुलनामा विदेश नीतिहरू निर्वाचनमा फितला हुने गर्छन् ।

आफ्नो झन्डै पाँच दशकको राजनीतिक जीवनमा राष्ट्रपति बन्न तेस्रो पटक प्रयास गरिरहेका डेमोक््रयाट बाइडेनले मध्यमार्गी राजनीतिको अवलम्बन गर्ने प्रयास गरिरहेका छन । ३२ वर्षअघि नै बाइडेनले राष्ट्रपति बन्ने अभियान गरेका थिए । बेलायती नेताको भाषण चोरीको आरोप लागेपछि पछि हटेका उनी अमेरिकी राजनीतिका निकै अनुभवी मानिन्छन् । यसपटकको निर्वाचनमा बाइडेनको मध्यमार्गी राजनीतिले बाजी मार्छ कि ट्रम्प श्वेत अतिवादले ? केही समय पर्खनैपर्छ । कान्तिपुर दैनिक