२५ श्रावण २०८३, सोमबार
,
Latest
हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कल्की’को क्लाइमेक्स सुटिङका ​​क्रममा दीपिका गर्भवती थिइन्



अ+ अ-

एजेन्सी । बंगाली अभिनेता शास्वत चटर्जी हालै रिलिज भएको फिल्म ‘कल्की २८९८ एडी’ मा कमाण्डर मानसको भूमिकामा देखिएका थिए ।

फिल्मको क्लाइम्याक्समा एउटा दृश्य छ जसमा उनी दीपिका पादुकोणलाई कपालले तान्दै गरेको देखिन्छन् ।

न्युज १८ लाई दिएको अन्तर्वार्तामा सास्वतले यो दृश्यबारे बताए । सास्वतले भने कि जब यो दृश्य छायांकन भइरहेको थियो, दीपिका वास्तवमा गर्भवती थिइन् ।

यो दृश्य मुम्बईमा सुटिङ भइरहेको हुनाले त्यो दिन उनका पति रणवीर सिंह पनि सेटमा उपस्थित थिए । यो दृश्य देखेर उनी चिन्तित भए । किनभने यसमा धेरै शारीरिक संघर्ष थियो । त्यसैले मैले रणवीरलाई भनें– ‘चिन्ता नगर्नुहोस्, शारीरिक रूपमा चुनौतीपूर्ण दृश्यका लागि बडी डबल्स उपलब्ध छन् ।’

सास्वतले थप भने, ‘रणवीरले सेटमा धेरै सकारात्मक ऊर्जा ल्याए । एकै ठाउँमा शान्तिपूर्वक बस्न सक्दैनन् । जब हामीले उहाँसँग कुरा गर्यौं, हामीलाई थाहा भयो कि उहाँ हामीले सोचेभन्दा धेरै नम्र हुनुहुन्छ ।’

बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने, ‘कल्की’ ले रिलिजको ११ औं दिनमा विश्वभर ९०० करोड कमाएको छ । यस्तै, हिन्दी संस्करणले ११ औं दिन २२ करोड रुपैयाँ कमाएको छ ।

अब यो २०० करोड कमाउने ‘बाहुबली २’ र ‘आरआरआर’ पछि तेस्रो हिन्दी डब तेलुगु फिल्म बनेको छ । यो फिल्मले दोस्रो हप्तामा ५० करोड कमाएको छ ।

नाग अश्विन निर्देशित फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हसनको पनि महत्वपूर्ण भूमिका छ । यस फिल्ममा विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, राम गोपाल वर्मा, दुल्कर सलमानले क्यामियो गरेका छन् ।