१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताउनुभएको हो । उहाँले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनु भयो । उहाँले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरु अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने बताउनु भयो । उहाँले व्यक्ति नभइ पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने बताउनु भयो । उहाले खर्च कम गर्नका लागि राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधिसभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरुको एकै दिन निर्वाचन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल राष्ट्रलाई सधैँ गरिब हुन प्रेरित गर्ने हामीले अवलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो । अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौँ । त्यसैगरी सधैँ अल्पमतको अवस्थामा सबै राजनीतिक पार्टीहरुलाई पु¥याउने अल्पमतिय वर्तमान निर्वाचन प्रणाली परित्याग गरेर व्यक्ति होइन, पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गरौँ । पार्टी निर्वाचित हुने प्रणाली भएपनि उम्मेदवारहरु पहिले नै तय गरेर जनताका बीच प्रश्तुत गर्ने प्रणाली स्थापित गरौँ । यसरी निर्वाचन गर्दा राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधि सभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरुको पनि एकै दिन एउटै मतबाट निर्वाचन गर्ने व्यवस्था गरौँ । निर्वाचन खर्चबाट सबै जोगिने छौँ । जालझेल, कपट, बुथकब्जा, मत किनबेच जस्ता अग्राह्य क्रियाकलापबाट पनि बच्नेछौँ ।’

राष्ट्रिय सभा सदस्य गौतमले नेपालका सबै कृषियोग्य भूमीलाई राष्ट्रियकरण गर्नुपर्ने पनि बताउनु भयो । उहाँले सरकारले भुमीपतिहरुलाई चलन चल्तीको मूल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो । यसो गरेमा नेपालको समृद्धि शुरु हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘म जतिसक्दो छिटो नेपालको सम्पूर्ण कृषि उत्पादनको भुमी राष्ट्रियकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्छु । संसारका अरु सबै मुलुकहरुले राष्ट्रियकरण गर्दा कुनै मुआब्जा दिएनन् । तर नेपालको कृषि भूमी नेपाली जनताले रगत, पसिना लगानी गरेर आर्जन गरेको हुनाले सरकारले भूमीपतिहरुलाई चलन, चल्तीको मुल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्छ । मुल्य वापत् अहिले नेपाल सरकारले बैंक ग्यारेन्टी दिनुपर्छ । त्यो सम्पूर्ण मुल्य सरकारले पूर्व भूमिपतिहरुकै नाममा नेपालमा औद्योगिकिकरण लागू गर्दाखेरी त्यहीँ लगानी गरिदिनु पर्छ । यहाँबाट नेपालको समृद्धि सुरु पनि हुनेछ । त्यसरी प्राप्त हुने भूमी कम्पनीका आधारमा हिमाली पिउने पानी, जडिबुटी उत्पादन, चौरी, भेडा, च्याङ्ग्रापालन, फलफुल उत्पादन, स्याउ, सुन्तला, आँप, लिचि र तरकारी, चिया, कफि, खाद्य पद्धार्थ, माछापालन, मासु, अण्डा, दुध उत्पादनमा लगानी गर्नुपर्छ । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार, घरेलु व्यापार, औद्योगिक उत्पादनमा लगानी गर्नुपर्छ । प्रत्येक पालिका केन्द्रमा अत्याधुनिक बजार विकास गर्नुपर्छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन प्राप्त त्यहाँबाट गर्नुपर्छ । यसो गरियो भने दुई करोड भन्दा धेरै नेपालीहरुले देशभित्रै रोजगारी प्राप्त गर्नेछन् ।’

राष्ट्रिय सभा सदस्य गौतमले गणतन्त्रमा पनि बजेटको ढाँचा परिवर्तन नभएको भन्दै बजेटप्रति आफ्नो भन्नु केही नरहेको बताउनु भयो । जति विनम्र भएर अनुरोध गरेपनि अथवा जति विद्वता पस्किएपनि बजेटमा केही थपथाप नहुने भन्दै आफ्नो आलोचनात्मक समर्थन रहेको बताउनु भयो ।