२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई मंगलबार पनि हेर्दा हेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि अन्तिम आदेश नआएपछि हेर्दाहेर्दैमा परेको हो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ भएपछि आदेशका लागि अर्को दिनलाई तोकिएको छ ।

यसअघि असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको हो । यसअघि पनि यो मुद्दा हेर्दा हेर्दैमा थियो ।

अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गरेर सहकारी ठगीमा अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट हालेका थिए ।