१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै
अ अ+ अ-

गण्डकी । पृथ्वी राजमार्ग अन्तरगत पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जङ्गलै जङ्गलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकाले यसलाई हेल्मेट डाँडाका रुपमा लिइन्छ ।

डाँडाको प्राकृतिक सुन्दरतासँगै विभिन्न पर्यटकीय पूर्वाधार विकास गरी स्थानीयले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अघि बढाएका छन् । पोखरा पर्यटनको राजधानी भइसकेको अवस्थामा आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढाउँदै पर्यटकको बसाइँ लम्ब्याउने विषयले चासो र चर्चा पाइरहेका अवस्थामा हेल्मेटडाँडाको पर्यटकीय विकासको योजनालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रकृतिको बरदान हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकिएको स्थानीय समाजसेवी एवं प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताउनुभयो । समितिको अनुरोधमा पोखरा विश्वविद्यालयका प्रा डा गोविन्दप्रसाद लामिछानेको सहयोगमा डिपिआर तयार गरिएको उहाँले जानकारी दिनुुभयो ।

“हेल्मेट डाँडासँगै यहाँ नजिकैको कालिका मन्दिर, स्यान्थुम्की समेतलाई समेटेर हामीले पर्यटकीय पूर्वाधार विकास गर्ने योजना राखेका छौंँ”, उहाँले भन्नुभयो, “लक्षित सबै पूर्वाधार विकासका योजना सम्पन्न गर्न रु बीस करोड ५९ लाख ८५ हजार चार सय ६८ लाग्ने अनुमान गरिएको छ ।”उहाँका अनुसार हेल्मेट डाँडाको शिरमा बुद्धमूर्ति निर्माण गर्नका लागि आठ तल्ला उचाइको स्तम्भ स्वरुपमा संरचना निर्माण गरिने छ । सबैभन्दा माथि ७५ फिट उचाइको बुद्धको मूर्ति रहने छ । उक्त मूर्ति प्रत्येक पाँच मिनेट समयावधिमा तीन सय ६० डिग्रीमा घुम्ने प्रा डा गोविन्दप्रसाद लामिछानेले जानकारी दिनुुभयो ।

बुद्ध मूर्तिको तल ३५ मिटरको उचाइमा आठ तल्लाको संरचना रहने छ । उक्त संरचना निर्माण हुने भएका कारण वरपरका कुनै पनि रुख काट्नु नपर्ने लामिछानेको भनाइ छ । टावरको आठौँ तल्लामा पानी ट्याङ्की रहने र भूई तल्लामा टिकट काउन्टरको व्यवस्था गरिने छ । बीचका छ वटा तल्ला व्यापारिक प्रयोजनका हुने गरी निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिनुुभयो । टावरको स्वरुपमा रहे पनि त्यसलाई आकर्षक बनाउने गरी योजना गरिएको छ ।

उत्तरतर्फ पृथ्वी राजमार्गको भागतर्फ स्तम्भसँगै स्काइ स्वीमिङ पुल निर्माण गर्ने योजना छ । सिसैसिसाको उक्त स्वीमिङ पुल कुनै टेकोबिना नै हावामा अडिएको जस्तो गरी निर्माण गरिने उहाँले बताउनुुभयो । त्यस्तै हेल्मेट डाँडाबाट  नजिकैको कालिका मन्दिरसम्म तीन सय ५० मिटर दूरीको जिपलाइन निर्माण गरिने छ भने कालिका मन्दिरबाट स्यान्थुम्कीसम्म ५५ मिटर लम्बाइको रोप साइक्लिङ निर्माण गरिने छ । कालिका मन्दिर र स्यान्थुम्कीलाई घुम्ने गरी चिल्ड्रेन ट्रेलसमेत निर्माण गरिने पौडेलले जानकारी दिनुुभयो ।

उहाँका अनुसार हेल्मेट डाँडाको फेदीबाट छ फिट चौडाइको तीन हजार तीन सय मिटरको पदयात्रा मार्ग निर्माण गरिने तयारी गरिएकामा यस आर्थिक वर्षमा महानगरपालिको रु २५ लाखको सहयोगमा पदयात्रा मार्ग निर्माणका लागि ठेक्का प्रक्रियामा अघि बढेको छ । हेल्मेट डाँडासँग नजिकै रहेको कालिका मन्दिर यस क्षेत्रको एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी पनि हो । कालिका नगरस्थित यो धार्मिक पर्यटकीय तीर्थस्थल यहाँका कालिका चोक, म्याग्दी टोल, टाँडी, तल्लो गगनगौँडा, बेलबुटे, स्कुल टोल लामेआहाललगायत आसपासका क्षेत्रको आस्था र विश्वासको केन्द्र रहेको यहाँका स्थानीय बताउँछन् ।

मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यो स्थलसँगै हेल्मेटडाँडा, स्यान्थुम्कीलाई समेटेर गर्न लागिएको पर्यटकीय विकासले पोखरामा पर्यटकको बसाइँ थप एक दिन लम्ब्याउन सकिने सरोकारवाला बताउँछन् । कालिका मन्दिरको निर्माणसँगै मन्दिर परिसरको केही तल व्यायामशाला बनाउने लगायतका सोच अघि सारिएको सोच राखिएको वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुुभयो ।

“यही कालिका मन्दिर परिसरमा नै गर्ग ऋषिले तपस्या गर्नुभएको विश्वास छ”, उहाँले भन्नुुभयो, “यहाँका धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै धामिर्क पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।” कालिका मन्दिरमा प्राचीनकालदेखि पूजाआजा गरिँदै आइएको तीर्थस्थल हो ।

बढ्दो बस्ती विकाससँगै विसं १९८० मा समाजसेवी स्व भीमबहादुर बस्नेतको सक्रियतामा स्थानीयको सुख, शान्ति र समृद्धिको कामनासहित कालिका मन्दिरको स्थापना भएको र त्यसलाई थप व्यवस्थित मुखिया चन्द्रबहादुर बस्नेतले गर्नुभएको बुढापाकाबाट सुन्दै आएको स्थानीय समाजसेवी एवं कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिमला थापा बस्नेत बताउनुुहन्छ ।

यस मन्दिरलाई स्थापनायता समाजका हरेक व्यक्ति, सङ्घसंस्था एवं समूहको साझा प्रयासमा व्यवस्थित गर्दै महत्वपूर्ण तीर्थस्थलका रूपमा विकास गर्दै आएको उहाँको भनाइ छ । समय सापेक्षता यहाँस्थित पुरानो मन्दिरको स्थानमा व्यवस्थित नयाँ मन्दिर बनाउनुपर्ने आवश्यकता महसुस गरी वडा नं ३२ बाट रु १५ लाख विनियोजन भएर काम सुरु गरिएको निर्माण समितिका अध्यक्षसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो ।

वडाबाट प्राप्त उक्त रकमले मात्रै हाम्रो योजनाअनुसार मन्दिर बन्ने उल्लेख गर्दै उहाँले यसका लागि करिब रु २८ देखि ३० लाखसम्म खर्च लाग्नसक्ने अनुमान गरिएको जानकारी दिनुुभयो । निर्माणाधीन मन्दिरमा वडास्थित आमा समूह, टोल सुधार संस्था, स्थानीय बुद्धिजीवी सबैको जनश्रमदानसमेत गरी निर्माण कार्यलाई अघि बढाइएको छ । मन्दिर निर्माणका लागि वडा कार्यालयले रु १५ लाख विनियोजन गरेसँगै जनसहभागितास्वरुप रु एक लाख ७७ हजार जम्मा गरेर योजना सम्झौता भई काम अघि बढेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष एवं निर्माण समितिका कोषाध्यक्ष खमबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार १६ वर्ग स्क्वायर फिटको परिसरभित्र तीनतलाको मन्दिर निर्माण गर्न लागिएको हो । त्यसअन्तर्गत ११ स्क्वायर फिटमा पहिलो तला बन्नेछ । यसको उचाइ नौ फिटको हुनेछ । दोस्रो तला सात वर्ग स्क्वायर फिटमा छ फिट उचाइको हुनेछ भने तेस्रो तला चार वर्ग स्क्वायर फिटसहित चार फिट उचाइमा हुनेछ । मन्दिरमा भक्तपुरका कालीगढले बनाएका कलात्मक झ्यालढोका राखिने उहाँले बताउनुभयो । मन्दिरमा भक्तपुरे कालीगढले बनाएको एक ढोकासहित १० वटा आँखी झ्याल राखिने छन् । त्यसअन्तर्गत पहिलो तलामा ढोका र दुई झ्याल रहने छन् । दोस्रो र तेस्रो तलामा चार–चार झ्याल रहने छन् ।

आगामी वर्ष वडा कार्यालय र महानगरपालिकाको सहयोगमा तेस्रो तल्लामा कालिका देवीको मूर्ति कुँदिएका कलात्मक टुँडालका साथै पित्तलको छाना राख्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको रमणीय थुम्कोमा रहेका कारण पोखराको विन्दवासिनी, भद्रकाली, पृथ्वी राजमार्गमा पर्ने अकला मन्दिर जस्तै यो स्थल धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको छ । रासस