१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ

शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलका शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना गर्न नसकिने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राजनीतिक दलका शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना गर्न नसकिने बताउनुभएको हो ।

उहाँले आफूले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग अनौपचारिक रुपमा छलफल गर्न चाहेको भएपनि समय नपाएको बताउनु भयो । उहाँले विश्वविद्यालयलाई दलिय राजनीतिकरण नगर्नका लागि दलहरु सहमत भएमा विश्वविद्यालयमा सुधार सम्भव हुने बताउनु भयो । उहाँले विश्वविद्यालयलाई राजनीतिबाट अलग राख्न सहयोग गर्न सांसदहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले विश्वविद्यालयलाई दलिय राजनीतिमुक्त क्षेत्र बनाउने प्रतिवद्धता गर्नुपर्ने बताउनु भयो ।

मन्त्री श्रेष्ठले प्रशासन र कर्मचारीहरुको दलिय आवद्धताका कारण पनि काम गर्न गाह्रो भएको बताउनु भयो । उहाँले एउटा कर्मचारीलाई सरुवा गर्दा समेत धम्कि आउने गरेको सुनाउनु भयो । उहाँले विद्यार्थी संगठनका नेताहरुले मौखिक रुपमा त्रिविमा अनावश्यक राजनीतिकरण नगर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै कर्मचारी प्रशासनको सन्दर्भमा भने एउटा निचोडमा पुग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एकेडेमिक क्यालेण्डरका लागि मैले मन्त्री पद सम्हालेपछि विद्यार्थी संगठनहरुसँग बसेको थिएँ । उहाँहरुले प्रतिवद्धता पनि दिनुभएको थियो मौखिक रुपमा । जग्गा मात्र होइन, अरु ठाउँमा तालाबन्दी भइरहेको छ । कुनै नेताको नाममा । कुनै कसैको नाममा । हामीहरु सबै यहाँ जिम्मेवार राजनीतिकर्मीहरु छौँ । यो कुरा शैक्षिक पात्रो कार्यान्वयन गर्नका लागि म विद्यार्थी संगठनहरु भन्दापनि मुख्य प्रशासन र कर्मचारी संगठन जुन दलगत रुपमा आवद्ध छन् । जबसम्म हामीले दलगत रुपमा भएको प्रशासन र कर्मचारी संगठनको निचोड एउटा निकाल्दैनौँ त्यसपछि काम गर्नका लागि चाहिने कर्मचारी सरुवा गर्दाखेरी आन्दोलन गर्ने, धम्कि दिने । पटक पटक त्रिभुवन विश्वविद्यालय पुन:संरचनाको लागि जबसम्म शीर्ष नेताहरुले प्रतिवद्धता दिँदैन । यो अगाडी बढ्दैन भनेर प्रयास गरेको हो । अनौपचारिक च्यानल प्रयोग गरेर बसौँ । यसको लागि निचोड निकालौँ भनेर प्रयास गरेको हो । तर समय नै दिएन भने अब औपचारिक पत्राचार गरेर समितिलाई पनि बोधार्थमा राखेर, यदि यहाँहरुले पनि आफ्नो पार्टीभित्र प्रयास गर्‍यौँ भने हुन्छ होला ।’

‘यसको लागि सबैलाई मैले अनुरोध पनि गरेँ । विश्वविद्यालयहरुमा अब दलिय राजनीतिकरण नगरौँ । एउटा कर्मचारी सरुवा गरौँ भन्दापनि धम्कि आउने । यहाँहरु सबैलाई म निवेदन पनि गर्न चाहान्छु, पोजिशन होल्डर्सहरुको नियुक्ति हुँदादेखि नै त्रिविको उपकुलपतिलाई पिएसओको बस्दोवस्त गर्नुपर्ने अवस्था छ । धम्कीले गर्दा । त्यसैले हामी सबैले एउटा प्रतिवद्धता गर्छौं, हामी दलिय राजनीतिमुक्त क्षेत्र बनाउँछौँ भनेर तब धेरै कुरा सम्भव छ । होइन भने धेरै गाह्रो छ । अनौपचारिक रुपमा शीर्ष नेताहरुसँग बस्न खोज्यो समय पाइन्न । अब पत्र लेखेर बोधार्थ गरेर दिनुपर्ने छ । विदेशी सम्वन्धनप्राप्त कलेजका लागि यसका लागि एउटा समिति बनाएर शंकर कोइरालाको अध्यक्षतामा । यसमा पोलिसी ग्याप के हो ? भनेर बुझ्नलाई समिति गठन गरेको हो । ८७ वटा कलेजले नेपालमा विदेशी सम्वन्धन चलाउँछ । २०५९ सालको निर्देशिका र मन्त्रिपरिषद्बाट आएको एउटा पत्रको आधारमा अहिलेसम्म चलिरहेको छ । यसलाई मनिटरिङको जिम्मेवारी मन्त्रालयको हो । यो वर्षसम्म यसको अनुगमन नभएकोले अनुगमनको खाका बनाएर, टोली बनाएर अनुगमनमा पठाउनका लागि म तयारी गर्दैछु ।’

मन्त्री श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीहरुको सूचि सरकारले सिफारिस गरेको भन्दा फरक आएको विषयको जानकारी लिन आफू लागिरहेको बताउनु भयो । उहाँले यो विषय दुई देशबीचको सम्बन्धसँग पनि जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयसँग पनि सम्बन्धित भएको भन्दै परराष्ट्रमन्त्रीसँग आफू संवादमा रहेको जानकारी दिनुभयो । उहाँले विदेशी सम्बन्धनप्राप्त कलेजहरुको सम्बन्धमा अध्ययन गर्न पूर्वसचिव शंकर कोईरालाको अध्यक्षतामा समिति बनाइएको बताउनु भयो । त्यस्ता कलेजहरुलाई अनुगमन गर्ने भन्दै उहाँले अनुगमनका लागि टोली बनाइरहेको पनि उहाँको भनाई छ ।