• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्रीले शपथ लिँदै ★   नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ: प्रधानमन्त्री ★   पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने ★   टी–२० विश्वकपः खेलाडीको भिसाको टुंगो छैन नगरप्रमुखलाई निम्तो ★   बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति ★   कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार ★   साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ? ★   सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: नि:शुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन ★   शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने ★   बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन

‘चलचित्रमा साहित्य कमजोर छ’: कवि तथा निर्देशक सुब्बा



काठमाडौँ । कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गर्नुभयो । निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक चलचित्रमा उहाँ लेखनमा सहकार्यका साथै छायाङ्कनमा समेत सहभागी हुने गर्नुभएको छ । लेखक भएका कारण उहाँले शब्दमा लेखिएको कथालाई दृश्यमा उतार्ने अभ्यासलाई नजिकबाट नियाल्नुभयो । फलत: लिम्बू समुदायको कथा भन्ने निर्णयपछि उहाँले आफैँ म निर्देशन गर्छु भन्नुभयो ।

“मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ । पहिलो चलचित्रको कमजोरीलाई दोस्रोमा सुधार्ने प्रयास गरेको छु”, निर्देशक सुब्बाले भन्नुभयो ।

उहाँ निर्देशित ‘जारी’ले रु १७ करोडको व्यापार घरेलु बजारमा गरेको छ । त्यसपछि उहाँ स्थापित निर्देशक बन्नुभयो । दोस्रो चलचित्रका रुपमा उहाँले ‘मनसरा’ तयार गर्नुभएको छ । यसपटक उहाँले आत्मनिर्भर महिलाको सङ्घर्ष र जीवनीलाई प्रस्तुत गर्नुभएको छ । “मनसरा एक प्रकारको धान हो । यसलाई अन्य जातका बीउसँग मिसाएर रोप्नुपर्छ । यद्यपि फल्दा स्वतन्त्र भएर छुट्टै फल्छ । यसलाई नै आधार बनाएर चलचित्रको कथा तयार गरेँ”, निर्देशक सुब्बाले भन्नुभयो ।

कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा उहाँ आफू बस्ने आसपास घुमघाम गर्नुभयो । नखिपोट भन्दा माथि पुगेपछि त्यहाँ देखिएको मिश्रित बस्तीले उहाँलाई कथाको आइडिया दियो । ‘जारी’ अगाडि नै चलचित्रको सुरुआत गर्ने तयारी गरे तापनि विविध कारणले एक वर्ष ढिला भएको उहाँले जानकारी दिनुभयो ।

“साहित्यको आँखाले चलचित्र कमजोर नै छ । समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग हुन्छ । यद्यपि थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तसर्थ साहित्यमा चलचित्रको प्रभाव छ, तर चलचित्रमा साहित्य कमजोर छ”, निर्देशक सुब्बाले भन्नुभयो । चलचित्रमा मिरुना मगर, दयाहाङ राई, प्रवीन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र वैशाखको तेस्रो साता प्रदर्शन हुँदैछ ।