७ श्रावण २०८३, बिहीबार
,
Latest
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान बाँडिएका विपी, हेपिएका पुष्पलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड



file photo
अ+ अ-

काठमाडौं । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको प्रसंग उप्काए । कार्यक्रम थियो बाँध तथा जलाधार क्षेत्रको दिगो विकाससम्बन्धी । मन्त्री सिंहले वातावरण बचाउने नाममा एकतर्फी ढंगले बाँधहरुको विरोध भइरहेको आरोप लगाउँदै भारतका केही ठूला जलविद्युत् आयोजनाका कारण विभिन्न राज्यहरुको विकास भएको दाबी गरे । 

त्यही क्रममा उनले कोसी (सप्तकोशी) उच्च बाँधको प्रसंग पनि उप्काएका हुन् । ुयदि बिहारका कसैलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने उसको प्रमुख चाहाना नेपालको कोसी नदीमा ठूलो बाँध बनाउनु नै हुन्छ । जहाँ पनि हामीले ठूला बाँध बनाएका छौँ, त्यहाँका जनताको जीवनस्तर पुस्तौँसम्म सुधार भएको छ । यो सन्देश सबैतिर प्रवाह गर्न खाँचो छ ।ु मन्त्री सिंहको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । 

भारतीय पक्षबाट कोसी उच्च बाँधको प्रसंग उठेको यो पहिलो पटक होइन । उर्जा जलस्रोतका द्विपक्षीय बैठकदेखि हरेकजसो उच्चस्तरीय भेटघाट र भ्रमणमा भारतले यस विषयमा जोड दिँदै आएको छ । कान्तिपुर दैनिकमा छ