१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

अख्तियारलाई नटेरेका पूर्वमन्त्री कार्की ‘सम्पर्कविहीन’

अख्तियारलाई नटेरेका पूर्वमन्त्री कार्की ‘सम्पर्कविहीन’
अ अ+ अ-

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद गर्ने नीतिगत निर्णयको भ्रष्टाचारमा परेका पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अख्तियारको बारम्बारको आमन्त्रणमा पनि बयानका लागि गएका छैनन् ।

उनलाई बयानका लागि बोलाउँदा नगए पनि उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरी लगाएर लैजान सकेको छैन । तर अहिले आएर भने पछिल्ला केही दिनयता मन्त्री कार्की ‘सम्पर्कविहीन’ भएका अख्तियारको समाचार स्रोतले जनाएको छ । बयानका लागि बोलाइएका नेपाली कांग्रेसका सांसद कार्की ‘सम्पर्कविहीन’ भएको अख्यितयार स्रोतले जनायो ।

सो टेरामक्स काण्डमा अरु मन्त्री र सचिवहरुसँगै तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, तत्कालीन सञ्चारमन्त्री तथा वर्तमान स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, वर्तमान मुख्यसचिव डा बैकुण्ठ अर्याललगायत पनि सो काण्डको अनुसन्धानको दायरामा परेका छन् । यसवारे के भएको हो, आयोगमा आएर कुरा राखिदिनुप-यो भनेर हामीले गरेको आग्रहलाई उहाँले बेवास्ता गर्दै आएको भएको थियो अहिले आएर भने सम्पर्कमै आउन छोड्नुभयो ।

हामीले सम्पर्कविहीनको सूचीमा राखेका छौँ– अख्तियार स्रोतले भन्यो । आयोगको समाचार स्रोतले आजसम्म हेर्ने र आज पनि सम्पर्कमा नआएमा प्रहरी लगाएर ल्याउन पनि सकिने रणनीति बनाइरहेको जानकारी दियो । सर्वोच्च अदालतले टेरामक्सको टेण्डर रद्द गर्ने निर्णय बदर गरेपछि दोस्रोपटक प्रक्रिया अघि बढेको थियो ।

नेपाल दुरसञ्चार प्राधिकरणबाट पठाइएको बजेटसम्बन्धी प्रस्ताव अनुमोदनका क्रममा तत्कालीन सञ्चारमन्त्री कार्की जोडिएका हुन् । बजेट स्वीकृत भइसकेको र ठेक्काका लागि रकम नभएको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणले २०७८ सालमा पुरक बजेटका लागि सञ्चार मन्त्रालयमा स्वीकृति मागेको थियो ।