२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा छ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात



अ+ अ-

भेरीगङ्गा । कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब रु ११ करोडको कृषि वस्तु निर्यात हुँदा रु ७१ करोडभन्दा धेरैको आयात हुने गरेको पाइएको हो ।

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म रु १० करोड ८१ लाख ५७ हजारको कृषि वस्तु निर्यात हुँदा रु ७१ करोड ७५ लाख ३० हजारको कृषि वस्तु आयात भएको हो । कर्णालीमा सबैभन्दा धेरै तरकारी आयात भएको छ । चालु वर्षको छ महिनामा मात्रै कर्णालीमा रु २१ करोड ४९ लाख ५६ हजारको तरकारी आयात हुँदा रु ९४ लाख ५० हजारको मात्रै तरकारी निर्यात भएको छ ।

दैलेख, जाजरकोट, मुगु, सल्यान, कालीकोट र सुर्खेतबाट तरकारी प्रदेशबाहिर नीकासी हुने गरेको छभने दाङ, धादिङ र भारतबाट आयात हुने गरेको छ । प्रदेशमा रु तीन करोड १३ लाख १० हजारको खाद्यान्न वस्तु आयात हुँदा कर्णालीबाट रु ४४ लाख १६ हजारको निर्यात हुने गरेको छ ।

आलु रु नौ करोड ९९ लाख दुई हजारको आयात भएको छ । कर्णालीबाट रु २८ लाख २४ हजारको आलु निर्यात भएको छ । फलफूल रु ३५ करोड ५८ लाख ९४ हजारको फलफूल आयात हुँदा रु नौ करोड ७४ लाख छ हजारको निर्यात भएको छ ।

त्यसैगरी, मसला बाली रु दुई करोड १३ लाख २९ हजार, च्याउ रु २० लाख २९ हजार र अन्य रु १० लाख १९ हजारको आयात भएको छ । कर्णालीबाट मसलाबाली रु छ लाख ८२ हजार, च्याउ रु पाँच हजार र अन्य रु ३३ हजारको निर्यात भएको कृषि निर्देशनालय निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

निमित्त निर्देशक रोकायका अनुसार कर्णालीमा चालु आवको छ महिनामा दश हजार मेट्रिकटनभन्दा धेरै कृषि वस्तु आयात भएको छ । त्यसमा खाद्यान्नबाली ५५ दशमलव दुई मेट्रिकटन चालु आवको छ महिनामा निर्यात भएको छ । त्यसैगरी, तरकारी तीन सय १५ दशमलव तीन मेट्रिकटन र आलु एक सय ४१ मेट्रिकटन निर्यात भएको उहाँको भनाइ छ ।

कर्णालीबाट सबैभन्दा धेरै फलफूल निर्यात भएको छ । फलफूल करिब एक हजार तीन सय ९६ दशमलव एक मेट्रिकटन निर्यात भएको जनाइएको छ । त्यसैगरी, मसलाबाली १० दशमलव पाँच मेट्रिकटन, च्याउ शून्य दशमलव तीन मेट्रिकटन र अन्य शून्य दशमलव छ मेट्रिकटन निर्यात भएको निर्देशक रोकायले बताउनुभयो । उहाँका अनुसार कर्णालीमा अधिकांश कृषि वस्तु भारतबाट आयात हुने गरेका छन् । त्यसपछि दाङ, धादिङ, बाँके र चितवनबाट समेत आयात हुने गरेको छ ।

कर्णालीका पाँच जिल्लामा उत्पादन भएको वस्तुको निर्यात धेरै हुने गरेको छ । सरकारले भने उत्पादनमुखी कार्यक्रम ल्याएर प्रदेशलाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । प्रदेशमा कृषि क्षेत्रमा वार्षिक अर्बांै बजेट विनियोजन हुने गरे पनि परिणामुखी भने हुन नसकेको कृषि विज्ञले बताएका छन् । रासस