३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे माग



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनताका ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।

एमालेले संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त सुझाव सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझाएका हुन् । आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । जसमा गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५, बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेशबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनले बताए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने बताउनुभएको ज्ञवालीले जानकारी दिए ।

ध्यानाकर्षण मा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् । यसको कार्यान्वयनको पहल र अनुगमनका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको उनले बताए ।

Press Statement Magh 9